काठमाडौं, साउन १९ गते ।
राष्ट्रिय परीक्षा बोर्डले सोमबार कक्षा १२ को परीक्षा नतिजा सार्वजनिक गरेको छ। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार परीक्षामा सहभागीमध्ये ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शर्माका अनुसार नियमिततर्फ ३ लाख ९६ हजार ३४७ जना परीक्षार्थी सहभागी भएका थिए भने आंशिकतर्फ १ लाख १४ हजार ६४० जना परीक्षार्थी थिए। यसअनुसार कूल ५ लाख १० हजार ९८७ जना परीक्षार्थीले परीक्षा दिएका थिए।
बोर्डले परीक्षाफल ग्रेडिङ प्रणालीमा सार्वजनिक गरेको छ। नतिजा सार्वजनिक भएसँगै देशभरका विद्यार्थीहरूमा उत्साह र मिश्रित प्रतिक्रिया देखिएको छ। कतिपय विद्यार्थीले राम्रो अंक ल्याएकोमा खुसी व्यक्त गरेका छन् भने केहीले नतिजा प्रति असन्तुष्टि जनाएका छन्।
परीक्षाफल https://neb.ntc.net.np, www.neb.gov.np लगायत विभिन्न वेबसाइट र एसएमएस तथा मोबाइल एपमार्फत हेर्न सकिने व्यवस्था गरिएको छ।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार ग्रेड वृद्धि तथा पुनरावलोकनको प्रक्रिया चाँडै सुरु गरिनेछ। कक्षा १२ को नतिजालाई उच्च शिक्षामा भर्ना प्रक्रिया र छात्रवृत्तिको अवसरसँग जोडिएको कारणले विशेष महत्व दिइन्छ।









तपाईको प्रतिक्रिया