TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड


संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
ADVERTISEMENT

जनकपुरधाम, असोज ३ गते ।


मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी मण्डारीले नेपालको संविधानको मर्मलाई अग्रसर गर्दै आपराधिक गतिविधिमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गरी जनतालाई सुशासनको अनुभूति दिलाउनुपर्नेमा जोड दिनुभएको छ।

उहाँले जेलबाट कैदीबन्दी भाग्ने र अपराधमा संलग्न हुने घटना चिन्ताजनक भएको उल्लेख गर्दै, यसप्रकारका गतिविधिमा संलग्न व्यक्ति वा समूहलाई तत्काल कानुनी प्रक्रिया अनुसार कारबाही गर्न आवश्यक रहेको बताउनुभयो। युवाहरूको आन्दोलनलाई अतिरञ्जित गरेर अपराधतर्फ मोड्ने प्रवृत्ति रोक्नुपर्ने भन्दै उहाँले सही मागहरूको सम्बोधन गर्दै संविधानको रक्षा गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो।

प्रदेश प्रमुख सुवेदीका अनुसार सार्वभौमसत्ता सम्पन्न जनताले आफ्नो कानुन आफैं बनाउने अधिकार पाएका छन्। संघ, प्रदेश र स्थानीय सरकारमार्फत सबै जाति, धर्म र समुदायलाई समान अधिकार सुनिश्चित गर्दै नेपाल अघि बढ्नुपर्ने उहाँको भनाइ थियो।

त्यसैगरी, मुख्यमन्त्री सतीशकुमार सिंहले संघीयता कार्यान्वयनपछि मधेशमा धेरै सम्भावनाका ढोका खुलेको भए पनि मानसिकता अझै पुरानै रहेको बताउनुभयो। उहाँले संविधान प्रभावकारी बनाउन सोच र संस्कारमा परिवर्तन आवश्यक रहेको उल्लेख गर्दै भन्नुभयो, “संविधान नयाँ आएको छ, तर मानसिकता पुरानै छ। कुनै आवाजलाई दबाउने काम नगरौँ, त्रुटि देखिए सच्याउँदै अघि बढ्नुपर्छ।” उनले थपे, “राष्ट्रपतिले संविधान बचाउन राजीनामा नदिए जसरी मैले संघीयता बचाउन राजीनामा दिएको हुँ। मिलेर संघीयताको रक्षा गर्नुपर्छ।”

सभामुख रामचन्द्र मण्डलले संविधानलाई विविधतामा एकताको आधार भएको भन्दै, यसलाई इतिहासको सातौँ संविधानका रूपमा स्मरण गर्नुभयो। जेन्जी आन्दोलनका नाममा भएको क्षतिले देशलाई पछाडि धकेलेको उल्लेख गर्दै उहाँले संविधानलाई स्वार्थमुक्त र जनमुखी बनाउनुपर्ने आवश्यकता औंल्याउनुभयो। सभामुख मण्डलले भने, “संविधान कुनै लागत होइन, जीवन व्यवहार हो। आजैबाट यसको रक्षा गर्ने भीष्म प्रतिज्ञा लिन जरुरी छ।”

उहाँले जनप्रतिनिधि मात्र नभई कर्मचारीहरूले पनि आफ्नो व्यवहार सुधार गर्नुपर्नेमा जोड दिनुभयो।

गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रदेश सरकारका मन्त्रीहरू, सचिवहरू, सुरक्षानिकायका प्रमुखहरूलगायतको उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य