जनकपुरधाम, असोज २२ गते ।
मधेश प्रदेशमा सतीशकुमार सिंह नेतृत्वको सरकार ढल्ने संकेतसँगै नयाँ सरकार गठनको दाबी अघि सारिएको छ। नेकपा ९एमाले०, नेपाली कांग्रेस र जनमत पार्टीले संयुक्त रूपमा बुधबार प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनको दाबीपत्र पेस गरेका हुन्।
बुधबार नेकपा ९एमाले० ले मुख्यमन्त्री सिंहलाई दिएको समर्थन फिर्ता लिएपछि प्रदेशमा नयाँ सत्ता समीकरणको तयारी तीव्र बनेको हो।
तीन दलका नेताहरूले प्रदेश प्रमुखलाई बुझाएको पत्रमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादवलाई नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम मधेश प्रदेशको नयाँ मुख्यमन्त्रीका रूपमा नियुक्त गर्न सिफारिस गरिएको छ।
दाबीपत्र अनुसार एमाले, कांग्रेस र जनमत गरी तीन राजनीतिक दलका ५८ जना सांसदहरूको समर्थन रहेको उल्लेख गरिएको छ, जुन अहिले प्रदेशसभामा कायम रहेका सदस्यसंख्याको बहुमत हो।
पत्रमा एमाले संसदीय दलका नेता सरोजकुमार यादव ९२३ सदस्य०, नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव ९२२ सदस्य० र जनमत पार्टीका संसदीय दलका नेता महेशप्रसाद यादव ९१३ सदस्य० का हस्ताक्षर छन्।
यसअघि कांग्रेस र एमाले दुवैले मुख्यमन्त्री सतीशकुमार सिंह नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि सिंहको सरकार अल्पमतमा परेको हो। त्यसपछि तीन दलले मिलेर नयाँ सरकार गठनको पहल अघि सारेका हुन्।









तपाईको प्रतिक्रिया