TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण


जलवायु संकटमा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण
ADVERTISEMENT

जनकपुरधाम, असोज १२ ।
जलवायु परिवर्तनले कृषिमा पारिरहेको प्रत्यक्ष असरबीच सञ्चारमाध्यमलाई सूचना प्रवाह र चेतनाको सेतुका रूपमा सशक्त बनाउनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन् ।
जनकपुरधाममा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब)ले एफएओ (संयुक्त राष्ट्र खाद्य तथा कृषि संगठन)को सहकार्यमा आयोजना गरेको ‘जलवायु परिवर्तन, कृषि प्रणाली र कृषिमा युवा सहभागिताका लागि सञ्चारमाध्यमको भूमिका’ शीर्षकक छलफल कार्यक्रममा वक्ताहरूले सञ्चारको प्रभावकारी प्रयोगबाट दिगो कृषि र जलवायु–अनुकूल प्रणाली प्रवद्र्धन गर्न सकिने धारणा राखेका छन् ।
मधेश प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता तथा वरिष्ठ पशु विकास अधिकृत डा. सरोज चौधरीले किसानका लागि सरकारले ल्याएका योजना र कार्यक्रमहरूको जानकारी जनस्तरसम्म पु¥याउन सञ्चारमाध्यम मुख्य माध्यम भएको बताउनुभयो । उहाँले पत्रकारसँग समन्वय गर्दै सूचना प्रसारलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो ।
कृषि निर्देशनालयका वरिष्ठ बागबानी अधिकृत प्रदीप कुमार यादवले जलवायु परिवर्तनको असरबारे प्रदेश सरकारले सञ्चालन गरेका कार्यक्रम पर्याप्त नभएको स्वीकार गर्दै किसानमा चेतना बढाउने काममा सञ्चारमाध्यमको भूमिका अझ महत्वपूर्ण रहेको बताउनुभयो ।
त्यस्तै, एफएओकी प्रतिनिधि रोजिता मिश्रले खाद्य सुरक्षा, जलवायु परिवर्तन न्यूनिकरण र युवाको कृषिमा सहभागिताका लागि सञ्चालित कार्यक्रमको प्रभावकारिता प्रस्तुत गर्दै सञ्चारमाध्यमले ती कार्यक्रमहरूका सकारात्मक प्रभाव आम जनतासम्म पु¥याउन सहयोगी भूमिका खेल्न सक्ने बताउनुभयो ।
नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले जिल्लास्तरमा कृषि समाचारमा पर्याप्त ध्यान दिन नसकिएको उल्लेख गर्दै आगामी दिनमा कृषिसम्बन्धी रिपोर्टिङ सशक्त बनाउन पत्रकारहरूको विशेष समूह गठन गरिने जानकारी दिनुभयो ।
अकोराबका वरिष्ठ उपाध्यक्ष गोविन्द देवकोटा र मधेश प्रदेश उपाध्यक्ष रीना आलेले कृषिको क्षेत्रमा सञ्चारमाध्यमले सकारात्मक अभ्यास र सफल उदाहरणहरूलाई प्राथमिकताका साथ उजागर गर्नुपर्नेमा जोड दिएका थिए । उहाँहरुले जलवायु परिवर्तनको असर न्यूनिकरण र कृषिमा युवाको सहभागिताबारे प्रेरणादायी कथा र अनुभव प्रसार गरेर पत्रकारहरूले समाजमा परिवर्तन ल्याउन सक्ने विश्वास व्यक्त गरेका थिए ।
कार्यक्रममा पत्रकार, कृषि विज्ञ, किसान र युवाको सक्रिय सहभागिता रहेको थियो । सहभागीहरूले सञ्चारलाई कृषि सुधारको मेरुदण्डका रूपमा प्रयोग गर्नुपर्ने र नीतिगत तहमा पनि सञ्चारमैत्री दृष्टिकोण अपनाउन सरकारलाई सुझाव समेत दिएका थिए ।


तपाईको प्रतिक्रिया

Related Posts

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार
Headline

मधेश प्रदेशमा नयाँ सरकार गठनको दाबी, कांग्रेसका नेता यादव मुख्यमन्त्रीका दाबेदार

October 8, 2025
मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट
Headline

मधेशमा सत्ता समीकरण फेरिँदै, नयाँ सरकार गठनका लागि दलहरूबीच कूटनीतिक भेटघाट

October 8, 2025
तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग
Headline

तेलिया पोखरी विवादपछि जनकपुरधाम–२० का वडाध्यक्षलाई पदमुक्त गर्न माग

October 8, 2025
जनकपुरधाममा सस्ता बजार सुरु
अर्थ

जनकपुरधाममा सस्ता बजार सुरु

September 23, 2025
कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित
Headline

कानुन कार्यान्वयन फितलो, अपाङ्गता भएका व्यक्तिहरू अझै अधिकारबाट वञ्चित

September 21, 2025
संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड
प्रदेश २

संविधानको पालना गर्दै आपराधिक गतिविधि रोक्नुपर्नेमा प्रदेश प्रमुख सुवेदीको जोड

September 19, 2025

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य