TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै


दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
ADVERTISEMENT

जनकपुरधाम, माघ २३ गते ।
नागरिक समाज अझै अपेक्षित रूपमा प्रभावकारी बन्न नसकेको भन्दै त्यसको पुनर्संरचना र भूमिकामाथि गम्भीर आत्मसमीक्षा आवश्यक रहेको निष्कर्ष जनकपुरधाममा आयोजित एक अन्तरक्रिया कार्यक्रममा निकालिएको छ ।


सामुदायिक रेडियो प्रसारक संघ नेपालद्वारा शुक्रबार आयोजित “समुदायस्तरमा नागरिक समाजको सुदृढीकरण” विषयक कार्यक्रममा सहभागी वक्ताहरूले दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै गएको धारणा व्यक्त गरका छन् । नागरिक समाजले स्वतन्त्र र निष्पक्ष रहँदै सरकार र आम नागरिकबीच सेतुको काम गर्न नसक्दा शासन प्रणालीमै नकारात्मक असर परेको उनीहरूको भनाइ थियो ।

वक्ताहरूका अनुसार नागरिक समाज जिम्मेवार, संगठित र जनमुखी नबनुन्जेल सरकारलाई जवाफदेही बनाउने भूमिका प्रभावकारी हुन सक्दैन । राजनीतिक दलको छायाँमा सीमित नभई सामाजिक हितलाई प्राथमिकतामा राखेर काम गरे मात्र नागरिक समाज सशक्त बन्न सक्ने उनीहरूको जोड थियो ।

कार्यक्रममा पिपुल प्रमोट सेन्टर धनुषाका अध्यक्ष कमलेश मण्डलले शिक्षा क्षेत्रको सुधारलाई सामाजिक रुपान्तरणको आधारका रूपमा व्याख्या गर्दै त्यसमा नागरिक समाजको सक्रिय संलग्नता अपरिहार्य रहेको बताए । शिक्षा सुधारमार्फत दीर्घकालीन सामाजिक परिवर्तन सम्भव हुने उल्लेख गर्दै उनले सरकारमाथि दबाब सिर्जना गर्न नागरिक समाज अग्रसर हुनुपर्ने धारणा राखे ।

यौनिक तथा लैंगिक अल्पसंख्यक अधिकारकर्मी प्रदीप यादवले राज्य संरचनामा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व न्यून रहेको उल्लेख गर्दै समावेशी शासन प्रणाली निर्माणमा नागरिक समाजले पहल लिनुपर्ने बताए । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा देखिएका असमानता अन्त्य गर्न सामूहिक प्रयास आवश्यक रहेको उनको भनाइ थियो ।

सामुदायिक रेडियो प्रसारक संघ नेपाल, मधेश प्रदेशकी अध्यक्ष उपासना तिवारीले नागरिक समाजको प्रभावकारिता बढाउन आपसी समन्वय, निरन्तर संवाद र सक्रिय सहभागिता अपरिहार्य रहेको बताइन् ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य