TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता


आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
ADVERTISEMENT

जनकपुरधाम, माघ २३ गते ।
निर्वाचन प्रक्रिया बालमैत्री बनाउने दिशामा जनकपुरधाममा क्रियाशील राजनीतिक दलहरूले साझा जिम्मेवारी स्वीकार गरेका छन् । आगामी निर्वाचनका क्रममा प्रचार–प्रसार तथा अन्य गतिविधिमा बालबालिकालाई प्रयोग नगर्ने प्रतिबद्धता उनीहरूले सार्वजनिक रूपमा व्यक्त गरेका हुन् ।


शुक्रबार आयोजित ‘आगामी निर्वाचन र बाल अधिकार संरक्षणको सवाल’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी दलका प्रतिनिधिहरूले निर्वाचनको नाममा बालअधिकार उल्लङ्घन हुन नदिने अडान व्यक्त गरे । बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानद्वारा आयोजित कार्यक्रममा नेपाली कांग्रेस र जनता समाजवादी पार्टी ९जसपा नेपाल० का प्रतिनिधिहरूले २५ बुँदे निर्वाचन आचारसंहितासम्बन्धी ध्यानाकर्षणपत्र बुझ्दै बालबालिकाको प्रयोग नगर्ने प्रतिबद्धता जनाएका थिए ।

कार्यक्रममा अभियानका अध्यक्ष तिलोत्तम पौडेलले विगतका निर्वाचनहरूमा बालबालिकालाई राजनीतिक गतिविधिमा संलग्न गराउने प्रवृत्ति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले बालबालिकाको सुरक्षा, हित र अधिकारलाई केन्द्रमा राखी निर्वाचन प्रक्रिया सञ्चालन गर्न राजनीतिक दलहरूको स्पष्ट र व्यवहारिक प्रतिबद्धता अपरिहार्य रहेको बताउनुभयो ।

निर्वाचनपूर्व, निर्वाचन अवधिभर र निर्वाचनपछि समेत बालअधिकार उल्लङ्घनका घटनाहरू पहिचान गरी ती विषयलाई दलहरूको घोषणापत्रमा समेट्ने उद्देश्यसहित अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको पौडेलले जानकारी दिनुभयो ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० का मधेश प्रदेश संयोजक राजु पासमानले निर्वाचन अनुगमनको जिम्मेवारी आफ्नो संस्थालाई दिइएको उल्लेख गर्दै बालअधिकारसँग सम्बन्धित गतिविधिहरूको निगरानीमा सक्रिय रहने प्रतिबद्धता जनाउनुभयो ।

वक्ताहरूले निर्वाचनको प्रचार–प्रसारमा बालबालिकाको प्रयोग गर्नु केवल गैरकानुनी मात्र नभई बालअधिकारमाथिको गम्भीर आघात भएको उल्लेख गर्दै यस्ता अभ्यास अन्त्य गर्न राजनीतिक दल, नागरिक समाज र सरोकारवाला निकाय सबै सचेत र जिम्मेवार बन्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रम सेभ द चिल्ड्रेनको सहकार्यमा बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान नेपालद्वारा आयोजना गरिएको हो भने बालअधिकारका क्षेत्रमा क्रियाशील नागरिक समाज संस्था सञ्जाल, मधेश प्रदेशसँग समन्वय गरिएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य