TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी


जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
ADVERTISEMENT

जनकपुरधाम, माघ २४ गते ।
लोकतन्त्रको सुदृढीकरण, महिला अधिकारको प्रवद्र्धन तथा राजनीतिक निर्णय प्रक्रियामा युवाको अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने उद्देश्यसहित १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी गरिएको छ ।
महिला पुनस्थापना केन्द्र (ओरेक) द्वारा शनिबार जनकपुरधाममा आयोजित लोकतन्त्र, महिला अधिकार र युवा सहभागिताका लागि आयोजित प्रदेसस्तरीय युवा मञ्च कार्यक्रममा प्रदेशका करिब ११० जना युवाको सहभागितामा घोषणापत्र तथा प्रतिवद्धतापत्र जारी गरिएको हो ।
उक्त घोषणा तथा प्रतिवद्धतापत्रमा राज्यका स्थानीय, प्रदेश तथा संघीय तहका हरेक निर्णय प्रक्रियामा युवा र महिलाको निर्णायक सहभागिता सुनिश्चित गर्न माग गरिएको छ । सहभागी युवाहरूले महिला र युवालाई केवल निर्वाचनका बेला प्रयोग हुने मतदाता मात्र नभई नीति निर्माण र एजेन्डा निर्धारणका प्रमुख राजनीतिक पात्रका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका छन् ।

घोषणापत्रमा सक्रिय नागरिक सहभागिता, प्रमाणमा आधारित वकालत, समावेशी नेतृत्व विकास, आर्थिक स्वावलम्बन, उद्यमशीलता प्रवद्र्धन, सामाजिक विभेद र पितृसत्तात्मक सोचविरुद्ध अभियान, नीतिगत पैरवी तथा डिजिटल सञ्जालको जिम्मेवार प्रयोगलगायत विषय समेटिएका छन् ।
त्यसैगरी राजनीतिक दलहरूलाई नेतृत्व पुस्तान्तरण, निर्वाचनमा महिला र युवालाई प्राथमिकता, समानुपातिक तथा समावेशी प्रतिनिधित्व, विशिष्ट समुदायका महिला र युवाको राजनीतिक पहुँच सुनिश्चित गर्न नीतिगत तथा संरचनागत व्यवस्था गर्न घोषणापत्रमार्फत माग गरिएको छ ।
शिक्षा, रोजगारी, आधुनिक कृषि, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण, खेलकुद प्रवद्र्धन र दुव्र्यसन न्यूनीकरणका लागि युवा केन्द्रित कार्यक्रम सञ्चालन गर्न सरकार तथा सरोकारवाला निकायलाई आह्वान गरिएको छ ।

घोषणापत्रमा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्का प्रस्ताव १३२५, १८२० र २२५० अनुरूप महिला, युवा, शान्ति र सुरक्षासम्बन्धी राष्ट्रिय कार्ययोजनालाई प्रदेश र स्थानीय तहसम्म प्रभावकारी रूपमा कार्यान्वयन गर्न जोड दिइएको छ ।
कार्यक्रममा आवद्ध सहभागीहरूले जनसंख्याको ठूलो हिस्सा ओगट्ने युवा र महिलाको आवाज निर्णायक तहमा नपुगेसम्म लोकतन्त्र बलियो नहुने उल्लेख गर्दै समावेशी र न्यायपूर्ण प्रतिनिधित्वलाई अनिवार्य शर्तका रूपमा अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कार्यक्रममा मधेश प्रदेशका आठै जिल्लाबाट महिला तथा युवाको उल्लेखनीय सहभागिता रहेको थियो। सोही दिन महिला, युवा, दलित, अपाङ्गता भएका व्यक्ति तथा लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायका युवाको सहभागितामा प्यानल छलफलसमेत आयोजना गरिएको थियो । प्यानल छलफलमा ओरेक नेपालकी कार्यकारी निर्देशक सुनीता मैनालीले सहजीकरण गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन ओरेक मधेश प्रदेश संयोजक विणा सिंहले गर्नुभएको थियो भने परियोजना संयोजक सावित्री विकले कार्यक्रमबारे जानकारी गराउँदै विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको जानकारी दिनुभएको थियो ।


तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
जनमतका उम्मेदवार साहले चुनावी प्रचार प्रसारलाई दिए तीव्रता

जनमतका उम्मेदवार साहले चुनावी प्रचार प्रसारलाई दिए तीव्रता

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य