धनुषा ३मा जनमत पार्टीबाट प्रतिनिधिसभाकालागि उम्मेदवारी दिएका गोपालप्रसाद साहले पुरानो दलहरुप्रति यहाँको मतदातामा विचलन आईसकेकाले यस पटकको निर्वाचनमा मतदाताहरु जनमत पार्टीमाथि नै विश्वास गर्ने दावी गरेका छन् ।
आफूले घरदैलोको क्रममा मतदाताहरुको सहानुभूति पाईरहेको बताउँदै उम्मेदवार साहले पुराना दलहरु भ्रष्टाचार र कुशासनमै लिप्त रहेको कुरामा सबै जानकार भईसकेकाले जनमत पार्टीको पक्षमा मधेसमा लहर रहेको दावी गरे । उनले जनमत पार्टीको मूल उद्देश्य नै स्वायत्तता, भ्रष्टाचारबाट मुक्ति तथा सुशासन रहेको चर्चा गर्दै उनले आफू निर्वाचित भए भ्रष्टाचारको अन्त्य तथा सुशासनकालागि प्रतिवद्ध भएर काम गर्ने बताए । धनुषा ३मा नगर तथा ग्रामिण दूबै क्षेत्र रहेकाले ग्रामीण क्षेत्रको विकासकालागि पनि आफूसंग योजना रहेको उनको दावी थियो ।
यहाँको मूल समस्या कृषि, शिक्षा, स्वास्थ्यका साथै बेरोजगारी रहेको र यसकालागि यही रोजगारीको सिर्जना गर्ने गरी नीति बनाउनु आवश्यक रहेको र आफू यसकालागि काम गर्ने प्रतिवद्धता व्यक्त गरे । यस भेगको मूल पेशा कृषि रहेको चर्चा गर्दै उम्मेदवार साहले जनमत पार्टी मात्रै किसानकालागि आवाज उठाउने पार्टी रहेको स्मरण गराए ।
जनमत पार्टी संघ होस वा प्रदेश सरकार दूबैमा रहँदासम्म परिणाममुखी काम गरेर देखाएको दावी गरे । उनले परिणाममुखी काम गरेर देखाउने नेतृत्व चयनकालागि पनि यहाँका मतदाताले आफूलाई मत दिने उनले विश्वास व्यक्त गरे ।









तपाईको प्रतिक्रिया