धनुषा–३ मा चुनावी माहोल बढ्दै गईरहँदा नेपाल कम्युनिष्ट पार्टी (एमाले)मा युवाहरूको प्रवेशगर्ने क्रम बढ्दै गईरहेको छ । विभिन्न राजनीतिक दल परित्याग गरी दुई दर्जनभन्दा बढी युवा एमालेमा प्रवेश गरेका छन् ।
जनकपुर उपमहानगरपालिकाका विभिन्न वडाबाट आएका ती युवाहरूलाई आयोजित पार्टी प्रवेश कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर ३ की उम्मेदवार जुलीकुमारी महतोले टीका, माला र अबिर लगाएर स्वागत गरेकी हुन् ।
कार्यक्रममा नवप्रवेशी युवाहरूले एमालेको नीति, नेतृत्व तथा विकासप्रतिको स्पष्ट दृष्टिकोणबाट प्रभावित भएर पार्टी रोजेको बताएका थिए । देशमा स्थायित्व, सुशासन र समृद्धिका लागि एमाले नै सक्षम शक्ति रहेको उनीहरूको विश्वास थियो ।
उक्त अवसरमा महतोले युवाहरूको सक्रिय सहभागिताले संगठन अझ सशक्त बन्ने धारणा व्यक्त गरिन् । युवाशक्तिलाई राष्ट्र निर्माणको प्रमुख आधार मान्दै उनले पार्टीभित्र उनीहरूको भूमिका महत्वपूर्ण रहने बताइन् ।









तपाईको प्रतिक्रिया