काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मुख्यमन्त्री भएको ११ दिनभित्रै विश्वासको मत लिएका छन् । कात्तिक ११ गते बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका पाण्डेले सोमबार प्रदेशसभाबाट विश्वासको प्राप्त गरेका हुन् ।
विश्वासको मत दिनेमा मुख्यमन्त्री पाण्डेको दल एकीकृत नेकपा समाजवादीका उनीसहित १३ जना, नेकपा माओवादी केन्द्रका २३ जना, नेपाली कांग्रेसका २२ जना र जनता समाजवादी पार्टीका १ जना प्रदेशसभा सदस्य रहेका छन् । यो संख्या प्रदेशसभामा रहेका सदस्य संख्याको बुहमत संख्या भन्दा पाँच जना बढी हो ।
मुख्यमन्त्रीले मागेको विश्वासको मतको वपक्षमा नेकपा एमालेका ४०, साझा विवेकशील पार्टीका तीनसहित ४३ जनाले मतदान गरेका थिए । सोमबारको बैठकमा चार जना प्रदेशसभा सदस्य अनुपस्थित थिए । अनुपस्थित हुनेमा नेकपा एमालेका दुई र र राप्रपाका दुई जना प्रदेशसभा रहेका छन् ।
नेपालको संविधानमा मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।









तपाईको प्रतिक्रिया