जनकपुरधाम । प्रदेश २ स्थित महोत्तरीमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता एवं पुर्व रक्षा मन्त्री शरतसिंह भण्डारीद्वारा हनुमान मन्दिरको समुद्घाटन गरिएको छ ।
जिल्लाको मनराशिसवा नगरपालिका वडा न. ६, सरपल्लोमा एक समारोहका बीच लोसपा नेपालका वरिष्ठ नेता भणरीले उक्त मन्दिरको उद्घाटन गरेका हुन् ।
आज मंगलवार महावली हनुमानको जन्मबारको अवसर पारी एक विशेष समारोहका बीच हनुमान मन्दिरमा हनुमानको मुर्ति स्थापना गरि प्राण प्रतिष्ठान गरिएको हो ।
मन्दिरमा मुर्ति स्थापनाका लागि स्थानीय सरपल्लो निवासी लालवाबु सिंहले आर्थिक धनराशि उपलब्ध गराएका थिए । साथै मन्दिर निर्माणमा स्थानीय जनसमुदायबाट करिब १५ लाखभन्दा बढी चन्दा स्वरुप रकम संकलन गरिएको थियो ।
लोसपाका स्थानीय नेता बिनोद गामीको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा प्रमुख अतिथि शरत सिंह भण्डारी सहित प्रतिनिधि सभा सदस्य निर्जला राउत, प्रदेश सांसद जयनुल राइन, अभिराम शर्मा, जानकी शरण साह, रानी शर्मा तिवारी, मनराशिसवा नगरपालिकाका मेयर संजय कुमार सिंह, उपमेयर रमिता प्रधान, नेकपा एमाले नेता राजेन्द्र साह, सरोज यादव, ज्ञानेन्द्र झा, स्थानीय सर्वसाधारण आदिको उपस्थित रहेको थियोे ।









तपाईको प्रतिक्रिया