TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सम्पूर्ण उपेक्षित वर्ग एक जुट भइ अन्तिम संघर्ष गर्नु पर्नेः अध्यक्ष यादव


सम्पूर्ण उपेक्षित वर्ग एक जुट भइ अन्तिम संघर्ष गर्नु पर्नेः अध्यक्ष यादव
ADVERTISEMENT

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले एकल जातीय वर्चस्व समाप्त पार्न जातीय भेदभाव विरुद्धको अन्तिम लडाइ लड्न बाँकी रहेको बताएका छन् ।


उनले सामन्त वर्गकै पकडमा रहेको शक्ति र सत्तामा सबै वर्गको पहुँच नभएसम्म लोकतन्त्र र गणतन्त्रको औचित्य भाषणमा मात्र सीमित रहने प्रसंग उल्लेख गरे ।

जसपा नेपाल, राष्ट्रिय जनता दल र अखिल नेपाल पिछडावर्ग (ओबीसी) महासंघको एकीकरण तथा भातृ संगठन घोषणा सभामा शुक्रबार बोल्दै उनले सो कुरा बताएका हुन् ।

समानतामा आधारित समाज निर्माणको लागि एकल जातीय वर्चस्वलाई समाप्त पार्न मधेशी, आदिवासी, जनजाति, मुस्लिम तथा दलित लगायतका सम्पूर्ण उपेक्षित वर्ग एक जुट भइ अन्तिम संघर्ष गर्नु पर्ने आवश्यकता रहेको उनले औल्याए । ‘अबको लडाइ शोषित वर्ग र शासक वर्ग बीच हुनेछ, यो आन्दोलनबाटै हैसियत अनुसारको भागीदारी उत्पीडित वर्गले पाउनै पर्छ।’,उनले भने । ‘ठूल–ठूला राजनीतिक परिवर्तन भए पनि जनताको अवस्थामा कुनै परिवर्तन नभएको’ उनले भने–‘एकल जातीय राज्य व्यवस्था समाप्त पार्न सवै उपेक्षित वर्ग एक जुट भइ अन्तिम लडाइ लड्नै पर्छ र सोको लागि जसपा शक्ति संचितिकरणमा निरन्तर कार्यरत छ ।’ उनले एउटा नयां आन्दोलनको आवश्यकता रहेको बताउँदै एकल जातीय पकडलाई तोड्न आह्वान गरे ।

राज्यको मुख्य शक्तिको रुपमा मानिने शैन्य, न्यायपालिका र राजनीतिक शक्तिमा अझै पनि २०% प्रतिशत जनसंख्या रहेको एकल जातिकै वर्चस्व रहेको बताउंदै अध्यक्ष यादवले शासक वर्गको भेदभावपूर्ण नीतिकै कारण देशका ७०% प्रतिशत जनताको सत्ता र शक्तिमा चार पाँच प्रतिशत अधिकार समेत नरहेको उल्लेख गरे । भेदभावपूर्ण नीतिकै कारण पिछडावर्ग हरेक क्षेत्रमा उपेक्षित रहेकोले आरक्षणको व्यवस्था नभए सम्म शक्ति र सत्तामा हैसियत अनुसारको भागीदारी सम्भव नरहेको उनले प्रष्ट गरे ।

अध्यक्ष यादवले ओबीसी आयोग गठन गरी आरक्षणको लागि व्यवस्था हुनु पर्ने सुझाव समेत दिए । उनले जसपामा समाहित भएको राजदका कार्यकर्ताहरुलाई स्वागत गर्दै पिछडावर्ग ओबिसी महासंघ अहिले देखिनै जसपाको भातृ संगठनको रुपमा अघि बढेको घोषणा गरे ।

कार्यक्रममा जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले पार्टीको एकीकरणले जसपाको विभेदपूर्ण सरकार सत्ता विरुद्धको आन्दोलनलाई नयाँ उर्जा प्राप्त भएको उल्लेख गरे । खस शासक विरुद्ध एक पटक अझै आन्दोलन गर्नु पर्ने आवश्यकता रहेको औल्याउदै उनले सामाजिक न्यायको लागि पनि जसपाको नयां नेपाल निर्माण बनाउने अभियानमा लाग्न आग्रह गरे ।

पिछडावर्ग ओबिसी महासंघको आयोजनामा भएको कार्यक्रममा ओबीसी अध्यक्ष भरत महतो, संघीय सांसद डा.सूर्यनारायण यादव, प्रमोद कुमार साह, ओबीसीका केन्द्रीय प्रवक्ता मनाइ महतो, बर्दिया जिल्ला अध्यक्ष श्रीराम यादव लगायतका वक्ताहरुले आ–आप्mनो धारणा राखेका थिए ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
धनुषा: किसानको घर र धानमा अज्ञात समुहद्वारा आगजनि, लाखौंको क्षति

धनुषा: किसानको घर र धानमा अज्ञात समुहद्वारा आगजनि, लाखौंको क्षति

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य