काठमाडौं । डेनमार्क सरकारले कोभिड चक्की सेवन गर्न मान्यता दिएको छ । त्यहाँको सरकारी स्वास्थ्य अधिकारीहरुले बिहीबार कोभिड–१९ को उपचारका लागि मर्क कम्पनीले बनाएको मोल्नुपिराभिर चक्कीलाई मान्यता दिएको हो ।
सरकारले सो मान्यता दिएसँगै गम्भीर प्रकृति भएका कोभिड–१९ का बिरामी र बुढापाकाहरुले समेत सो चक्की सेवन गर्न पाउने छन् । कोभिडविरुद्ध सो उपचार विधिलाई युरोपेली चिकित्सक एजेन्सीहरुले स्वीकृती दिने तयारी गरिरहेको बताइएको छ । मर्क कम्पनीले कोभिडको उपचारमा सो चक्की सफल हुने भन्दै आफ्नो परिक्षण सफल बनेको बताएको थियो ।









तपाईको प्रतिक्रिया