TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

आज देखि जनकपुरधाममा विद्यालयहरु सञ्चालन


आज देखि जनकपुरधाममा विद्यालयहरु सञ्चालन
ADVERTISEMENT

जनकपुरधाम उप–महानगरपालिकाले विभिन्न ८ सुत्रिय शर्तसहित आजबाट विद्यालय सञ्चालन गर्ने निर्णय गरेको छ । उप–महानगरपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत मिहिलाल यादवका अनुसार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको भदौ १९ गतेको निर्णय टेकेर स्वीकृत विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को परिधि र मापदण्ड पूरा गरी विद्यालय संचालन गर्न लागेको हो । शिक्षक तथा कर्मचारीहरुले आजबाट तोकिएको मापदण्ड अनुसार कार्य गर्ने भएपछि विद्यालय संचालन हुन लागेको हो ।


तोकिएको मापदण्डमा विद्यार्थी सिकाई सहजीकरण निर्देशिका २०७७ को दफा ३३ को उपदफा २ र दफा ११ बमोजिम सिकाई क्रियाकलाप गर्ने, शिक्षण सिकाई क्रियाकलाप संचालन गर्दा निर्देशिकाको दफा ३२ लगायत तपसीलको मापदण्ड पूरा गर्नुपर्ने तथा तोकिएको मापदण्ड पूरा नभई सिकाई क्रियाकलाप संचालन भएको पाइएमा सम्वन्धितलाई हदै सम्मको कारवाही गर्ने पनि भनिएको छ । त्यस्तै शिशु कक्षा ( बाल विकास ) कालागि स.का.हरुले होम स्कुलिङद्वारा शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने, प्राथमिक विद्यालयहरुले कक्षा १ देखि ५ सम्मका बालबालिकाहरुकालागि १० देखि १५ जना मात्र बालबालिका रहने गरी टोल टोलमा वा सिकाई केन्द्रमा शैक्षिक स्तर वृद्धि गर्ने शिक्षण सिकाई क्रियाकलाप संचालन गर्ने मापदण्ड रहेको छ । त्यस्तै कक्षा ६ देखि १२ कक्षा सम्म संचालन भएका विद्यालयहरुले प्रति कक्षा २५ जना विद्यार्थीको समुह बनाई भौतिक दुरी कायम हुने गरी ३ घण्टाका दरले टिफिन समय नदिई अनिवार्य विषयको मात्र शिक्षण सिकाई क्रिाकलाप संचालन गर्ने, विद्यार्थी संख्या बढी भएको विद्यालयहरुले जोड विजोडको आधारमा विद्यार्थीहरुलाई बर्गीकरण गरी सिकाई सहजीकरणका क्रियाकलाप संचालन गर्ने मापदण्ड निर्धारण गरिएको छ ।

त्यस्तै विद्यालयले माथिका मापदण्ड अनुसार पनि कक्षाहरु व्यवस्थित गर्न नसकेको खण्डमा २ सिफ्टमा संचालन गर्नु पर्नेछ र अनिवार्य रुपमा भौतिक दुरी कायम गरी मास्कको प्रयोग सावुन पानीको व्यवस्था गर्नुपर्ने मापदण्ड रहेको निमित प्रमुख प्रशासकीय अधिकृत यादवले जानकारी दिएका छन् । यता, जनकपुरधाम उप– महानगरपालिका–७ का वडाध्यक्ष जानकी राम साहले शिक्षा महाशाखाको निर्णय नमान्ने भएको छ । उनले मंगलवार देखि विद्यालय संचालन गर्ने निर्णय नमान्ने र आफ् नो वडामा विद्यालय संचालन गर्न नदिने पनि समाजिक संजालमा पोष्ट गरेको छ । तर, मधेश प्यावसनका धनुषा जिल्ला अध्यक्ष सुजित मिश्रले भने विद्यालयहरु उप– महानगरपालिका अन्र्तगत रहेका कारण उप–महानगरपालिकाले गरेको निर्णयलाई मान्नै पर्ने बताए । उनले भने–‘वडा–७ का वडाध्यक्ष जीले फेसवुकमा लेख्नु भएको मैले देखे, उनलाई विरोध गर्नु छ गर्नुस तर, हामीहरु विद्यालय संचालन गर्छौ ।’ त्यस्तै प्यावसन धनुषाका अध्यक्ष गणेश साहले हामीहरुको अथक प्रयास पछि हामी विद्यालय संचालन गर्न प्रमुख जिल्ला अधिकारी तथा उप– महानगरपालिकालाई मनायौ यसमा आएर कुनै एउटा वडाध्यक्ष जीले विद्यालय सञ्चालन गर्न नदिन भनेपछि हामी विद्यालयनै चलाउँदिन भने छैन् । उनले भने–‘विद्यालयहरु उप–महानगरको शिक्षा महाशाखा मातहतमा पर्छ, शिक्षा महाशाखाले गरेको निर्णयलाई हामीले मान्नै पर्छ ।’ अहिले जनकपुरधामका विद्यालयहरु अनलाइनको माध्ययमवाट पठन पाठन संचालन गरि रहेको भएपनि सो प्रविधि भने प्रभावकारी हुन सकेको थिएन् ।

जनकपुरधामका विद्यालयहरुले पठन पाठन संचालन गर्नकालागि धेरै दिन देखि प्रयास रत्त रहेपनि उप– महानगरपालिकाले भने सहमति जनाएको थिएन् । तर, लक डाउन समाप्त भई सकेको अवस्था र कोरोना भाइरसको औषधी आउन समेत समय लाग्न डव्लु एच ओले भनि सकेपछि बैकल्पिक बाटो भने उप– महानगरपालिकाले अपनाएको हो । विद्यालय संचालन गर्न उप–महानगरपालिकाले परिपत्र गरेपछि विद्यालयहरु सोमवार देखिनै विद्यालय संचालन गर्नकालागि तयारी समेत गरि सकेको अवस्था छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए
Headline

संरक्षणको अभाव र अतिक्रमणको चपेटामा दर्जन बढी ऐतिहासिक पोखरी संकटमा, पाँच पोखरी लुप्त भए

February 28, 2026
जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी
Headline

जनकपुरमा १४ बुँदे जनकपुर प्रतिबद्धता तथा घोषणापत्र २०८२ जारी

February 7, 2026
आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता
Headline

आगामी निर्वाचनमा बालबालिकालाई टाढा राख्ने दलहरूको प्रतिबद्धता

February 6, 2026
दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै
Headline

दलगत प्रभाव र स्वार्थका कारण नागरिक समाज कमजोर बन्दै

February 6, 2026
मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक
Headline

मधेशबाट कांग्रेसको संगठन सुदृढीकरण अभियानः तीन तहको कार्ययोजना सार्वजनिक

January 30, 2026
भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण
Headline

भारतद्वारा नेपाललाई निर्वाचन सामग्री दोस्रो खेप हस्तान्तरण

January 30, 2026
Next Post
बुधबार, ११२० जना कोरोना संक्रमित थप

मंगलबार, १५५१ जनामा कोरोना पुष्टि

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य