काठमाडौं । काठमाडौंको बानेश्वरमा रहेको इन्द्रेणी कम्प्लेक्सको जीम सेन्टरमा आगलागी भएको छ । कम्प्लेक्समा रहेको जीम सेन्टरमा आगलागी भएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ ।
प्रहरीका अनुसार अहिले आगो केही नियन्त्रणमा आएको छ । आगो नियन्त्रणका लागि काठमाडौं महानगरपालिकाको दमकलसहित चार–पाँच वटा दमकल र अग्नि नियन्त्रकले आगो नियन्त्रणको प्रयास भइरहेको जनाएको छ । आगो कसरी लाग्यो भन्ने अहिलेसम्म केही नखुलेको उहाँले जानकारी प्रहरीले दिएको छ । विस्तृत विवरण आउन बाँकी छ ।









तपाईको प्रतिक्रिया