जनकपुरधाम । प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरतप्रसाद साहले देश विकासमा इन्जिनियरहरुको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
जनकपुरधामस्थित शुक्रबार नेपाल इन्जिनियर्स एसोसिएसनको ३३ औं केन्द्रिय कार्यकारिणी र दोस्रो प्रादेशीक कार्यकारिणी समितिको निर्वाचनका लागि एकीकृत प्रगातीशील इन्जिनियर समुहको केन्द्र तथा प्रदेश २ को चुनावी सभा तथा उम्मेदवार परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश मन्त्री साहले देशलाई आधुनिकतासँग जोड्न इन्जिनियरहरुको ठूलो भूमिका रहेको बताउनुभयो । इन्जिनियरहरुको मेहनत र लगनशीलताका बावजुद देश समृद्ध अनि विकाशील देखिन्छ, मन्त्री साहले भन्नुभयो ।
मन्त्री साहले प्रदेश सरकारको तर्फबाट इन्जिनियरहरुको समस्या समाधान गर्न सदैव तत्पर रहने बताउनुभयो । साथै इन्जिनियरहरुलाई आवश्यक पर्ने सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत जनाउनुभयो । उहाँले उम्मेदवारहरुलाई शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा विद्युत प्राधिकरणका निर्देशक मुनिन्द्र ठाकुर, सडक डिभिजन कार्यालय जनकपुरका वरिष्ठ डिभिजनल इन्जिनियर संजयकुमार मिश्र समेतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।
यहि माघ ७ गते हुन गइरहेको निर्वाचनका लागि केन्द्रिय उम्मेदवारहरु अध्यक्ष पदकामा ई. डा. हरिराम पराजुली, उपाध्यक्षमा आ. न्हसला तुलाधर, महासचिवमा ई. डा. शंकर ढकाल, उप महासचिवमा ई. डा. समित थापा, कोषाध्यक्षमा ई श्यामनारायण चौधरी, सहकोषाध्यक्षमा ई. अस्मिता भट्टलगायत १२ जना सदस्य पदका उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेश का उम्मेदवारहरु सभापतिका ई. राजेश यादव, उपसभापतिमा ई. कार्तिकेश झा, सचिवमा ई. रामनारायण यादव, सह सचिवमा ई. राजिव साह कोषाध्यक्षमा आ. अंजुकुमारी यादव, केन्द्रिय सदस्यमा ई संजयकुमार यादव लगायत सदस्य पदमा १० जना हुनुहुन्छ ।
कार्यक्रममा सम्पूर्ण उम्मेदवारहरुले आफ्नो परिचय एवं मन्तव्यसहित भोटको लागि अपिल पनि गर्नु भएको थियो ।
एकीकृत प्रगतिशील इन्जिनियर समूहको आयोजनामा आयोजित कार्यक्रमलाई नेपाल राष्ट्रिय ईन्जिनियर संगठन प्रदेश २ का इन्चार्ज ई. राम एकवाल यादवले अध्यक्षता गर्नुभएको थियो भने प्रदेश २ का कानुन मन्त्री प्रमोदकुमार यादव लगायत समाजवादी इन्जिनियर एसोसिएसन तथा नेपाल इन्जिनियरिङ्ग समाजका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।









तपाईको प्रतिक्रिया