TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

देशभर आज सरस्वती पूजा अर्थात् बसन्त पञ्चमी मनाइँदै


देशभर आज सरस्वती पूजा अर्थात् बसन्त पञ्चमी मनाइँदै
ADVERTISEMENT

काठमाडौं । माघ शुक्ल पञ्चमीका दिन विद्याकी अधिष्ठात्रि देवी सरस्वतीको पूजा–अर्चना गरेर आज श्रीपञ्चमी मनाइँदै छ । वसन्त ऋतुको आगमनको सङ्केत गर्दै हनुमानढोका दरबारस्थित नासलचोकमा बिहान १०ः२३ बजेको साइतमा राष्ट्रपतिबाट वसन्त श्रवण गर्ने कार्यक्रम तय भएको छ ।


राष्ट्रपति विद्यादेवी भण्डारीले वसन्तपञ्चमी तथा श्रीपञ्चमीको गरिमालाई आत्मसात् गर्न अनुरोध गर्नुभएको छ । वसन्तपञ्चमीका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले यस्तो बताउनुभएको हो । यस दिनलाई विद्या, बुद्धि, कला र सङ्गीतको उन्नयनसँग गाँसिएको मौलिक पर्वका रूपमा मनाइन्छ । सरस्वती प्रकट भएको दिन अर्थात् सरस्वती जयन्ती मानेर आजकै दिन सरस्वतीलाई विद्याकी देवीका रूपमा पूजा–आराधना गर्ने प्रचलन वैदिककालदेखि चलिआएको छ । ज्ञानका स्रोत मानिने पुस्तकसहित सङ्गीतका वाद्ययन्त्र तथा रङ्ग–कलाका साधनलाई समेत सरस्वतीकै स्वरूप मानेर पूजा गर्ने परम्परा छ ।

राष्ट्रपतिले भन्नुभएको छ, “सरस्वती पूजा र वसन्तपञ्चमीको यस अवसरमा ज्ञान र शिक्षाको उन्नयनबाट नेपाली राष्ट्रिय जागरणको शक्तिशाली उद्बोधन हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गर्दछु । ”

स्रस्टाहरू वसन्त ऋतुलाई सिर्जनाको प्रतीक मान्छन् । किसानका निम्ति वसन्तपञ्चमी नयाँ बाली लगाउन प्रकृतिले दिएको अवसरका रूपमा लिइन्छ । “पर्यावरणको दिगो संरक्षण गर्दै मानव विकासको अवधारणालाई मूर्त रूप दिन आजका दिनले प्रेरणा प्रदान गर्छ भन्ने मलाई लागेको छ,” राष्ट्रपतिले भन्नुभएको छ ।

सरस्वती पूजाकै दिन नाबालकले शिक्षारम्भ गर्ने र शिशुको नाक, कान छेडाउने प्रचलन छ । सङ्गीत प्रशिक्षणको सुरुवात यसै दिन गर्दा राम्रो हुन्छ भन्ने विश्वास छ । हनुमानढोका दरबार हेरचाह अड्डामा कार्यरत पुरोहित देवराज अर्यालले १२औँ शताब्दीमा बङ्गालका कवि जयदेवद्वारा रचित गीत गोविन्द काव्यलाई वसन्त श्रवणका रूपमा सुनाउने गरिएको बताउनुभयो ।

उहाँका अनुसार वर्षा र जाडोयाममा पतझडविहीन भएको बोटबिरुवामा पालुवा लाग्ने सुन्दर प्राकृतिक चित्रण जयदेवको रचनामा छ । भगवान् कृष्णले गोपिनीसँग यही प्राकृतिक सौन्दर्यबीच रस–रङ्ग गरिएको गाथा मुख्य रूपमा यो काव्यमा छ । तत्कालीन राजा प्रताप मल्लको पालादेखि हनुमानढोका दरबारको नासलचोकमा यस दिन वसन्त श्रवण हुँदै आएको छ । हनुमानढोका दरबार सङ्ग्रहालय संरक्षण विकास समितिका कार्यकारी निर्देशक सन्दीप खनालका अनुसार ब्याचली राग बजाउने गरिएको छ ।

ललितपुरको लेलेस्थित सरस्वती कुण्ड, थिमीको सरस्वतीखेल, विशालनगरको नील सरस्वती, आर्यघाटस्थित सरस्वती मन्दिर र मैतिदेवीलगायत मुलुकका विभिन्न सरस्वती मन्दिरमा दर्शनार्थीको जमघट हुने भए पनि देवस्थलमा कोरोना सङ्क्रमणका कारण जमघट निषेध गरिएको छ ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
भारतीय गायिका लता मंगेशकरको निधन

भारतीय गायिका लता मंगेशकरको निधन

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य