नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय समितिको माघ २८ र २९ गते बोलाइएको केन्द्रीय समितिको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । माओवादी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार काेराेना संक्रमणका कारण बैठक स्थगित गरिएकाे हाे ।
‘२५ जना भन्दा बढी भेला हुन नपाइने नियम अहिले पनि लागू छ,’ ढकालले भन्नुभयाे, ‘सत्तारुढ दल भएकाले सरकारले घोषणा गरेको नियम उल्लंघन गरेर बैठक गर्नुभन्दा केही दिन पर्खिने कुरा भयो।’
ढकालले कोभिड संक्रमण कम भएपछि परामर्श गरेर बैठक राखिने उहाँकाे भनाइ छ । माओवादीले यसअघि पनि कोराेनाकै कारण बैठक स्थगित गरेर अर्काे मिति ताेकेकाे थियाे । तर यस पटक अर्काे मिति नताेकी अनिश्चित कालका लागि स्थगित भएकाे जानकारी दिएकाे छ ।









तपाईको प्रतिक्रिया