भक्तपुर, फागुन ३ । भक्तपुरको च्यामासिंमा बस र मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ। सोमबार बेलुका बा ३ ख ४७६५ नम्बरको बस र बा ६१ प ६६१८ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकल पछाडि सवार दोलखाका ३४ वर्षीय देवेन्द्र कार्कीको मृत्यु भएको प्रहरीले बताएको छ।
दुर्घटनामा मोटरसाइकल चालक घाइते भएका छन । घाईते चालकको मध्यपुर थिमि अस्पतालमा उपचार भइरहेको बताइएको छ। बस चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।









तपाईको प्रतिक्रिया