अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्ने वा नगर्ने भन्ने विषयमा सत्ता गठबन्धनकाबीच मतभेद जारी रहेका बेला आज (बिहीबार) निर्णायक छलफल हुँदैछ ।
आजको बैठकले संसद्मा एमसीसी अघि बढ्ने/नबढ्ने वा कसरी अघि बढ्छ भन्ने टुंगो लगाउने छ। एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न असफल भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धन रहेका पाँच दलका शीर्ष नेताहरूसँग आज निर्णायक छलफल गर्न लागेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार देउवा र गठबन्धनका शीर्ष नेताहरू बीचकाे छलफल दिउँसो ३ बजे बालुवाटारमा हुने छ। बुधबार एमसीसी प्रतिनिधि सभाको बैठकमा टेबल गर्न जोडबल गरिरहेका प्रधानमन्त्री त्यसमा सफल हुन सकेनन् । गठबन्धनमा रहेका दलहरूकै असहयोगपछि देउवाको एमसीसी जसरी पनि टेबल गर्ने योजना सफल हुन सकेन । गठबन्धनको प्रमुख दल नेकपा माओवादी केन्द्रले एमसीसी यथास्थितिमा पास गर्न जबरजस्ती गरे सरकारबाट बाहिरिने निर्णय गरेको छ भने अर्को दल एकीकृत समाजवादीले निर्णय गरेको छैन तर उ पनि संशोधनपछि मात्र पारित गर्नुपर्ने पक्षमा रहेपछि देउवाले निर्णायक छलफल गर्न लागेका हुन् ।









तपाईको प्रतिक्रिया