काठमाडौं, फागुन ११ । युवा साहित्यकार वसन्त ओली वसन्तीद्वारा लिखित गजल सङ्ग्रह ‘बोई’ प्रकाशनमा आउने भएको छ । २०६९ सालमा ‘तिर्सना’ नामक उपन्यासबाट साहित्यमा प्रवेश गरेएका साहित्यकार वसन्तीको ‘बोइ’ दोस्रो कृति हो ।
बोई (हजुराआमा) प्रति समर्पित उक्त पुस्तकमा ‘बोई’ प्रतिको प्रेमलाई झल्काउने केही पृष्ठहरु कथा पनि समेटिएको छ ।
जुन कथाको अंश संचारकर्मी अच्युत घिमिरेले वाचन गरेको र गायक राज सागरले गाएको ‘बोई’ प्रोमोलाई धेरैले मन पराएका छ्न् ।
‘बोई’ मा कथासँगै एक दशकमा लेखिएका गजलहरू मध्ये उत्कृष्ट गजलहरू समावेश गरिएको छ ।
बुलबुल पब्लिकेसन्सद्वारा प्रकाशित हुन लागेको कृतिमा मायाप्रेम , देशभक्ति , खुसी ,पीडा र समाजसित सम्बन्धित सामाजिक भावनाहरू समेटिएको लेखकको भनाई छ ।
साहित्यकार ओलीले ‘बोई’ पुस्तकमा नयाँ स्वरूप भर्न खोजिएको देखिन्छ । लामो समयदेखि साहित्य क्षेत्रमा भिझिसकेका ओलीले गजलमा नयाँ लय र भाव जन्माउने कोसिस गरेका छन् ।
बोईको सम्झनामा लिखित पुस्तकमा एक सय भन्दा बढी गजल समावेश गरिएको छ । पुस्तक तयार भैसकेको र अबको केही समयमा प्रकाशनमा आउने लेखक ओलीको भनाई छ ।






तपाईको प्रतिक्रिया