TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

एमसीसी पारित भएको विरोधमा विप्लवसहितका ६ दलको संघर्षका कार्यक्रम घोषणा


एमसीसी पारित भएको विरोधमा विप्लवसहितका ६ दलको संघर्षका कार्यक्रम घोषणा
ADVERTISEMENT

नेत्रविक्रम चन्द नेतृत्वको नेकपासहित ६ कम्युनिस्ट पार्टी र २ मोर्चाले एमसीसी पारित भएको विरोधमा संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।


वाम पार्टीहरुले यही फागुन २० गते काठमडौँमा विशाल प्रदर्शनसहित विरोधसभा गर्ने निर्णय गरेका छन् ।

मङ्गलबार अपराह्न संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै वामपार्टीहरुले फागुन १५ गतेलाई कालो दिन घोषणा गर्दै शेरबहादुर देउवा सरकारले नेपाली जनताको विरोध, प्रतिवाद र देशव्यापी खारेजी आन्दोलनविरुद्ध राष्ट्रघाती, जनघाती र अमेरिकी साम्राज्यवादसँग आत्मसमर्पणवादी कुकार्य गरेको निष्कर्ष पनि निकालेको जनाएका छन् ।

संयुक्त प्रेस विज्ञप्ति जारी गर्नेहरूमा नेकपाका महासचिव चन्द, नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य , नेकपा (मसाल) का महामन्त्री मोहनविक्रम सिंह, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी, देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सीपी गजुरेल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालका संयोजक आहुतीले यो देश र नेपाली जनतका विरुद्ध गरिएको अक्षम्य अपराध साबित भएको उल्लेख गर्नुभएको छ ।  घोर राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पारित हुँदै गर्दा नेकपा (एमाले)ले त्यसका विरुद्ध सङ्घर्ष गर्नुको सट्टा बेल घेराउको बहानामा सम्झौता पारित गर्न सघाउ पुर्‍याउने कार्य गरी नेपाली जनता र राष्ट्रप्रति अन्तरघात गरेको ठहर पनि उहाँहरुले गर्नुभएको छ ।

यस्तो छ कार्यक्रम :

१. फागुन २० गते काठमाडौँ उपत्यकामा विशाल विरोध प्रदर्शन र संयुक्त विरोधसभा
२. फागुन २२ गते बुद्धिजीवीहरूको अन्तरक्रिया
३. फागुन २४ गते ८ मार्च भव्य रूपमा मनाउन देशव्यापी विरोध प्रदर्शन र सभा
४. फागुन २६ गते विद्यार्थीहरूको देशव्यापी क्याम्पस र विद्यालयहरूमा विरोध प्रदर्शन र सभा
५. फागुन २८ गते युवकहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
६. फागुन ३० गते मजदुरहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
७. चैत २ गते किसानहरूको देशव्यापी विरोध प्रदर्शन र सभा
८. चैत ४ गते श्रमिक÷दलित समुदाय मोर्चाको देशव्यापी विरोध प्रदर्शन र सभा
९. चैत ६ गते राष्ट्रिय मुक्ति (जातीय–क्षेत्रीयं) मोर्चाहरूको देशव्यापी विरोध प्रदर्शन ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post

कांग्रेस मकवानपुरको पदाधिकारीमा संस्थापनइतरबाट विजयी

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य