काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले स्थानीय तहको निर्वाचनमा सम्भव भएसम्म ठूला कुनै एक दलसँग गठबन्धन गरी जनता समाजवादी पार्टी (जसपा) को भन्दा आफ्नो पकड बलियो बनाउने रणनीति बनाएको छ ।
नौ महिनाअघि जसपाबाट अलग भएर गठन भएको लोसपाका नेताहरूले अहिले नेपाली काँग्रेस र नेकपा एमालेसँग बराबरी सम्बन्ध राख्दै गठबन्धनका लागि वार्ता र छलफल अघि बढाएका छन् । काँग्रेस र एमालेमध्ये एक दलसँग गठबन्धन गरेर अघि बढ्ने लोसपाको तयारी छ । दुई ठुला दलमध्ये एकसँग गठबन्धन सम्भव नभए अन्यसँग पनि तालमेल गर्न सकिने लोसपाका नेताहरूले बताएका छन् ।
पछिल्लो समय लोसपाका शीर्ष नेताहरू काँग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग निरन्तर संवाद र छलफलमा छन् । पछिल्लो डेढ सातामा लोसपा अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री देउवासँग तीनपटक कुराकानी गरेका छन् । यसैगरी लोसपाका नेताहरू एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि निरन्तर सम्पर्क र भेटघाटमा छन् । जसपासँग भने गठबन्धन हुने सम्भावना लोसपाका नेताहरूले देखेका छैनन् । साभार नागरिक दैनिक









तपाईको प्रतिक्रिया