जनकपुरधाम। मधेस प्रदेश सरकारले प्रादेशिक अस्पताल जनकपुरलाई मधेस स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभेपछि सरकारी अस्पतालका कर्मचारीहरुले प्रदेसभा समक्ष तीन बुँदे ज्ञापनपत्र बुझाएका छन् ।
शुक्रबार प्रादेशिक अस्पतालका कर्मचारी एवम् नर्सिंग कलेजका विद्यार्थीहरुले प्रादेशिक अस्पताललाई अलग्गै राख्नु पर्ने माग गर्दै मधेश प्रदेशसभालाई तीन बुँदे मागसहित ज्ञापनपत्र बुझाएका हुन् ।
उक्त ज्ञापन पत्र प्रदेशसभाका सभामुख सरोज कुमार यादव समक्ष बुझाइएको हो । प्रादेशिक अस्पताल जनकपुर र मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान छुट्टाछुट्टै कायम गर्नु पर्ने तथा प्रतिष्ठानको स्वयमको अस्पताल नबनुन्जेलसम्मका लागि प्रादेशिक अस्पताल जनकपुरलाई प्रयोगतात्मक कक्षा पठनपाठनका लागि प्रयोग गर्नु पर्ने माग ज्ञापन पत्र मार्फत अघि बढाइएको छ । ज्ञापनपत्र पत्र मार्फत भनिएको छ,‘प्रादेशिक अस्पताल मातहत रहेको जनकपुर नर्सिंग क्याम्पसलाई चरणवद्ध रुपमा जनकपुर बाहिर लग्नका लागि केही तत्वहरु लागिपरेको सामाचार प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

प्रादेशिक अस्पताललाई मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गाभिएको भन्दै स्वास्थ्यकर्मी, कर्मचारी, जनकपुर नर्सिंङ्ग क्याम्पसका विद्यार्थीहरुले प्रदेशसभा अगाडि सरकार विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।









तपाईको प्रतिक्रिया