जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा) ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा मनोज चौधरी र उपमेयरमा रिता झालाई चयन गरेको छ ।
लोसपा धनुषा कार्यसमितिले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि प्रमेश्वर साह, मनोज चौधरी, अमर पजियार, संजय कुमार चौधरीको नाम सिफारिस गरेकोमा मेयरमा मनोज चौधरीले टिकट पाएका हुन् भने उपमेयरमा रिता झालाई टिकट दिएको छ ।
मनोज चौधरीले २०७० को संविधानसभा चुनावमा शरतसिंह भण्डारी नेतृत्वको तत्कालिन राष्ट्रिय मधेश समाजवादी पार्टीबाट प्रतिस्पर्धा गरेका थिए भने रिता झाले यसअघि पनि जनकपुरधाम उमहानगरपालिकाको उपमेयरमा जितेकी थिइन् ।









तपाईको प्रतिक्रिया