TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनकपुरधामका स्वतन्त्र उम्मेदवार साहले प्रतिबद्धता पत्र सार्वजनिक गरे


जनकपुरधामका स्वतन्त्र उम्मेदवार साहले प्रतिबद्धता पत्र सार्वजनिक गरे
ADVERTISEMENT

जनकपुरधाम । आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रमुख (मेयर) पदका स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले आफू निर्वाचित भएपछि जनकपुरधामलाई सुन्दर, आकर्षक र समृद्ध बनाउने दृढता र संकल्पका प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।


जनकपुरधामस्थित बुधबार एक पत्रकार सम्मेलन मार्फत जनकपुरधाम उपमहानरपालिकाको प्रमुख पदका स्वतन्त्र उम्मेदवार साहले ‘हाम्रो जनकपुरधामः राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने मुल नाराका साथ सो प्रतिबद्धता पत्र सार्वजनिक गरेका हुन् ।

नले गरेका २१ बुँदे घोषणापत्रमा जनकपुरधामको फोहर मैला व्यवस्थापन, प्रत्येक वडामा फोहर संकलन केन्द्रको स्थापना, सडक पेटी व्यवस्थापन, ऐतिहासिक धार्मिक, पुरातात्विक तथा साँस्कृतिक सम्पदाको संरक्षण गर्ने सो प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

त्यसैगरी स्वतन्त्र उम्मेदवार साहले नगर क्षेत्रभित्र सुरक्षा व्यवस्थाको लागि २४ औं घण्टा काम गर्ने गरी सिसिटीभी क्यामरा जडान गर्ने, प्रत्येक वडामा फ्रि इन्टरनेट सेवा सञ्चालन गर्ने, विमान स्थलको उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरउन्नति गर्न आवश्यक पूर्वाधार तयार गर्ने, उपमहानगरपालिकाको कामकाज पारदर्शी बनाउने, भ्रष्टाचारलाई शुन्यमा झार्ने, रिंगरोडको निर्माण गर्ने, प्रशासनयन्त्रलाई चुस्तदुरुस्त बनाई सर्वसुलभ सेवा प्रदान गर्ने समेत सो प्रतिबद्धता पत्रमा उल्लेख छ ।

त्यस्तै नगर क्षेत्रभित्र देखिएका लामखुट्टे आतंकलाई नियन्त्रण गर्न दीर्घकालिन योजना बनाउने, दलित जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरुको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक क्षेत्र बढाई आत्मनिर्भर बनाउने योजना ल्याउने, उपमहानगरपालिका ग्रामीण क्षेत्रका वडाहरुमा कृषि उपज बढाउनका लागि आवश्यक मलखाद्य, विउ विजन, सिंचाई सेवा, कृषि उपकरण र कृषि उपजको बजार व्यवस्थापन गर्ने, फलफुल मण्डी निर्माण गर्ने जस्ता प्रतिबद्धता पत्रमा उल्लेख गरिएको छ ।

प्रतिबद्धता पत्रमा उल्लेख गर्न छुटेका केही कुराहरु जनकपुरधाम हुने विभिन्न धार्मिक महोत्सवको व्यवस्थापनका लागि छुट्टै शाखा स्थापना गर्ने जसले वर्षभरी हुने हरेक महोत्सवको व्यवस्थापनको जिम्मेवारी लिने छ र संचारकर्मीहरुको सुरक्षाका लागि समेत आवश्यक पहल गर्ने जनाएका छन् ।

बैशाख ३० गते हुने निर्वाचनका लागि साहले घण्टा घर चुनाव चिन्ह प्राप्त गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आचारसंहिता विपरीतका क्रियाकलाप बढ्दो

आचारसंहिता विपरीतका क्रियाकलाप बढ्दो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य