जनकपुरधाम । स्थानीय तहको निर्वाचनमा जनकपुरधाम उपमहानगरपालिकामा नेपाली काँग्रेसबाट राजीनामा दिएर स्वतन्त्र उममेदवारी दिएका मनोजकुमार साह नगरवासीबाट जितको अशिर्वाद पाइरहेका छन् ।
स्थानीय निर्वाचनमा काँग्रेसबाट मेयरको टिकट पाउने निश्चित भएपनि पाँच दलीय गठबन्धनको निर्णय अनुसार जनकपुरधाममा जनता समाजवादी पार्टी नेपालअे पाएको छ । त्यसैकारण रुष्ट भएका तत्कालीन नगर सभापति मानोकुमार साहले पद र साधारण सदस्यबाट समेत राजीनामा राजीनामा दिई स्वतन्त्र उम्मेदवारी घोषणा गरेका थिए । साहसहित सैयौं काँग्रेसी सदस्यले राजीनामा दिएका थिए भने त्यही काँग्रेसी तथा जनकपुरधामवासीको समेत उनलाई समर्थन रहेको मेयर पदका उम्मेदवार साहको भनाई छ ।


भद्र र शालिन मानिने साहलाई काँग्रेसीले मात्र नभएर जनकपुरधामवासीले समेत रुचाउने गरेका उनका निकट एक व्यक्तिले जानकारी दिए । त्यसैले उनी भन्छन् काँग्रेसको समर्थन नरहे पनि मेरो व्यक्तिगत छविका कारण मेरो जित निश्चित छ, कुनै स्वरसरावा नगरी चुनावमा प्रचारमा लागेका साहले भने,‘मलाई जनकपुरधामवासीले चिनेका छन् त्यसको लागि मैले चर्को स्वरमा आफ्नो प्रचार गर्नु पर्दैन ।, त्यसैले तामझाम नगरी समान्य रुपमा घरदैलो कार्यक्रम मात्र गरेको हुँ ।’ निर्वाचितपछि उनको पहिलो प्राथमिकता स्वच्छ र सुन्दर जनकपुरधामको निर्माण, ल्याण्डफिल्ड साइड निर्माण, कृषि, रोजगारी लगायतका ऐजेण्डा पर्ने बताएका छन् ।
निर्वाचन आयोगले उनलाई प्रदान गरेको चुनाव चिन्ह हो, ‘घण्टाघर’









तपाईको प्रतिक्रिया