जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणनाकै क्रममा विवाद उत्पन्न भएपछि प्रहरीले हवाई फायर गरेको छ ।
धनौजी गापा १ को लखौरी गाउँको मतगणना क्रममा पोलिङभन्दा बढी मतपत्र देखिएपछि विवाद उत्पन्न भएको हो ।
विवादले उग्ररुप लिएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले एक दर्जन हवाई फायर गरेको छ । गाउँपालिका वडा १ को मतगणा आइतबार रातिदेखि नै भइरहेको थियो । सोही क्रममा पोलिङभन्दा १५ वटा मतपत्र बढी देखिएपछि विवाद भएको स्थानीयले जानकारी दिए ।
सो गाउँपालिकामा वडा ३,४ र ५ को मतगणना सम्पन्न भइसकेको छ । यी वडाहरुमा नेपाली कांग्रेसका वडाका उम्मेदवारहरु विजयी भएका छन् भने गाउँपालिका अध्यक्षमा पनि कांग्रेसकै उम्मेदवारले अग्रता लिएका छन् ।









तपाईको प्रतिक्रिया