सर्लाही । सर्लाहीको चन्द्रनगर गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेस र उपाध्यक्षमा माओवादी उम्मेदवार निर्वाचित निर्वाचित भएका छन् ।
सर्लाही जिल्लास्थित सो गाउँपालिका अध्यक्षमा काँग्रेसका राजकुमार महतो निर्वाचित भएका छन् भने उपाध्यक्षमा नेकपा माओवादीकी गीता देवी महतो निर्वाचित भएकी हुन् ।
अध्यक्षले ३ हजार ९९५ मत ल्याएका छन् भने उनको निकटतम प्रतिद्वन्दी माओवादी केन्द्रका लोकेन्द्र मुखिया ३ हजार ५३६ मत ल्याए ।
उपाध्यले ३ हजार ८६० मत ल्याएकी छिन् भने उनका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसकी मंजु देवीले २ हजार ९५८ मत ल्याइन् ।
सर्लाहीको ११ वटा पालिकामा मतपरिणाम आइसकेको छ भने अन्यमा गणना जारी छ ।









तपाईको प्रतिक्रिया