जनकपुरधाम । महोत्तरीको मटिहानी नगरपालिकामा मेयर र उपमेयरमा लोतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल विजयी भएका छन् । लोसपा नेपालका हरिप्रसाद मण्डल दोस्रो पटक मेयर पदमा विजयी भएका हुन् । उपमेयरमाा भने लोसपा नेपालका मंजुदेवी विजयी भएकी छिन् ।
निर्वाचन अधिकृतको कार्यालय मटिहानीका निर्वाचन अधिकृत कुल बहादुर फडेरालेका अनुसार लोसपा नेपालका हरिप्रसाद मण्डलले ४ हजार ३ मत ल्याएर जिवयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी जनता समाजवादी पार्टी (जसपा) नेपालका मोहम्मद मुजिबुल रहमानले २ हजार ६७४ मत प्राप्त गरेका छन् ।
यस्तै, उपमेयरमा लोसपाकै मंजु देवी ३ हजार ८६४ मत ल्याएर विजयी भएकी हुन् ।उनको निकटतम प्रतिद्वन्दी जसपा नेपालका जिवछी देवी यादवले २ हजार ७ सय ५१ मत प्राप्त गरेकी छिन् । ९ वडा रहेको मटिहानी नगरपालिको वडामा भने मिश्रीत परिणाम आएको छ ।









तपाईको प्रतिक्रिया