धनगढी । धनगढी उपमहानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल र उपप्रमुखमा नेकपा (एमाले) का कन्दकला राना निर्वाचित भएका छन् ।
प्रमुखमा निर्वाचित हमालले २६ हजार ८६५ मत प्राप्त गरेका छन् भने उनका निटतम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार नृपबहादुर वडले १४ हजार ८१७ मत प्राप्त गरेका छन् ।
यस्तै उपप्रमुखमा निर्वाचित एमालेका उम्मेदवार रानाले १५ हजार ४७९ मत प्राप्त गरेकी छन् । उनले गठबन्धनकातर्फबाट नेकपा (माओवादी केन्द्र) का उम्मेदवार शान्ति अधिकारीले १२ हजार ६७० मत प्राप्त गरेकी हुन् ।
धनगढी उपमहानगरपालिकामा कुल ९३ हजार १५१ मतदाता रहेकोमा ६३ हजार ७१५ (६८.४० प्रतिशत) मत खसेको थियो । १९ वटा वडा रहेको उपमहानगरपालिकाको ११ वटा वडा अध्यक्षमा नेपाली काँग्रेस, छ वटा वडामा नेकपा (एमाले) र दुई वटा वडामा नेकपा (माओवादी केन्द्र) ले वडा अध्यक्ष जितेको छन् ।









तपाईको प्रतिक्रिया