जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिककामा दुई चरणमा शपथग्रहण भएको छ ।
पालिकाको पहलो चरणको शपथ बिहीबार सम्पन्न भएको थियो भने दोस्रो चरणको आज शुक्रबार सम्पन्न भएको छ ।
बिहीबार भएको शपथग्रहणमा प्रमुख अथिति नेपाली कांग्रेसका पूर्व केन्द्रिय उपसभापति विमलेन्द्र निधिलाई बनाएपछि नेकपा एमालेबाट निर्वाचित भएका वडा अध्यक्ष तथा सदस्यहरुले कार्यक्रम वहिष्कार गरेका थिए । एमालेका जनप्रतिनिधिले कार्यक्रम वहिष्कार गरेपछि निधि प्रमु अतिथि भएको शपथ ग्रहणमा २५ वडामध्ये १८ वडाका उम्मेदवार जनप्रतिनिधिहरुले मात्र शपथ लिएका थिए ।
बिहीबार पहिलो चरणमा शपथ नलिएकाहरुले शुक्रबार नगरकार्य पालिकाको कार्यालयमै नगरप्रमुख, उपप्रमुख र प्रमुख प्रशाशकिय अधिकृतको रोहवरमा शपथ लिएका छन् । शुक्रबार शपथ लिनेमा वडा ८, १२, १८, १९, २०, २१ र २४ का अध्यक्ष तथा सदस्यहरु रहेका छन् । यस्तै वडा नं ३ का चार वटै सदस्यहरु समेत रहेका छन् ।
शुक्रबार नव निर्वाचित ३९ जना जनप्रतिनिधिले शपथ लिएका छन् ।









तपाईको प्रतिक्रिया