काठमाडौं । पौडी खेल्ने क्रममा स्विमिङ्ग पुलमा डुबेर भैरहवामा एक युवकको मृत्यु भएको छ ।
होटल पौवाको स्विमिङ्ग पुलमा डुबेर सिद्धार्थनगर नगरपालिका ६ का २७ वर्षीय सुमित तुलाधरको मृत्यु भएको हो ।
शुक्रबार सांझ साथीहरूसँगै पौडी खेल्न होटल पौवा पुगेका तुलाधर स्विमिङ्ग पुलमै बेहोस भएपछि उद्धार गरी अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको रुपन्देही प्रहरीले जनाएको छ ।
मृतकका आफन्तले स्विमिङ्ग पुलमा लाइफ गार्डको व्यवस्था नहुँदा घटना भएको आरोप लगाएका छन् ।
यसअघि जेठ ३१ गते रुपन्देहीकै तिलोत्तमा नगरपालिका–३ स्थित बीग चियर रिसोर्टको स्विमिङ्ग पुलमा पौडी खेल्ने क्रममा डुबेर बेहोस भएका तिलोत्तमा–१ शंकरनगरका ३० वर्षीय सन्दीप पौड्याल मृत्यु भएको थियो ।









तपाईको प्रतिक्रिया