जनकपुरधाम । धनुषा प्रहरीले लागूऔषध ब्राउन सुगरसहित जनकपुरधामबाट दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा एक युवक र एक युवती रहेका छन् ।
सप्तरीको खडक नगरपालिका ८ खोजपुर बस्ने २४ वर्षीया रजनीकुमारी चौधरी र सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर २ बस्ने ३० बर्षीय आरिफ हुसेन रहेका जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
उनीहरुको साथबाट ब्राउन सुगर १ ग्राम ८२० मिलि ग्राम र चुना जस्तो देखिने पदार्थ १ ग्राम ३७० मिलि ग्राम बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार दुबैजनालाई जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ स्थित थापा चोकबाट पक्राउ गरिएको हो । संगै हिंडिरहेका चौधरी र हुसेनमाथि शंका लागि शरीर खानतलाशी गर्दा ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका दुबै जनाबिरुद्ध लागूऔषध मुद्दामा म्याद थप गरी अन्य अनुसन्धान गरिरहेको धनुषा प्रहरीले जनाएको छ ।









तपाईको प्रतिक्रिया