जनकपुरधाम । महोत्तरी जिल्लास्थित लोहरपट्टी नगरपालिका वडा नं. ३ का जनप्रतिनिधिले आफ्ना आफन्त हितैसीलाई मात्र सेवा सुविधा दिएको भन्दै स्थानीयले विरोध गरेका छन् ।
मधेश प्रदेश स्थित महोत्तरी जिल्लाको लोहरपट्टी नगरपालिकास्थित वडा नं. ३ का वर्तमा र निवर्तमान जनप्रतिनिधिहरुले गरिबका नाममा धनीहरु र आफ्ना आफन्तलाई मात्र वडाले उपलब्ध गराउने सेवा सुविधा दिएको भन्दै स्थानीय विरोधमा उत्रेका हुन् । साथै पूर्व तथा वर्तमान जनप्रतिनिधिले गरेका निर्णय र कोरोना कालमा स्थानीयलाई वितरण गर्न संकलन गरिएको नामावली समेत सार्वजनिक गर्न मागसहित विरोध गरेका छन् ।
निवर्तमान जनप्रतिनिधिले गरिब दुखिलाई झुक्याउँदै आएको समेत स्थानीयले आरोप लगाए । विश्व महामारी कारोनाका बेला ज्यान गुमाउनेका परिवारलाई दिइने राहत समेत सम्बिन्धितले नपाएर पार्टीका कार्यकर्ताहरुलाई बाँडीएको स्थानीयको आरोप छ ।
वडाभित्र पर्ने बाटो निर्माण गर्नेक्रममा वर्तमान जनप्रतिनिधिले बैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा आफूलाई भोट नदिएको भन्दै विपक्षी पार्टीकालाई वडावासीलाई अपहेलना गर्दै आएको बताएका छन् ।
यसै बिच एक स्थानीय बताउछन्,‘ आफ्नो पार्टीको मान्छेको बाटो पर्ने रुख काटेन र म अर्कै पार्टीको भोटर भएकै कारण मेरो बाटोमा पर्ने रुख काटियो उनी भन्छन् । यस्तै साही वडाकी एक महिला भन्छिन्,‘ नाम हाम्रो टिपेर लैजाने राहत भने धनी र आफ्नो पार्टीका हुने खानेलाई दिने ।
वडाका कुनै योजना पारदर्शी नगर्ने र कोठाभित्र योजना चलाउने समेत स्थानीयले बताएका छन् ।
उक्त वडाका वर्तमान वडा अध्यक्ष काँग्रेसका उम्मेदवार हुन भने वूर्व वडा अध्यक्ष समेत काँग्रेसी रहेका थिए र वर्तमान वडा अध्यक्ष रामजी यादव यस अघि वडा सदस्य समेत रहेका थिए ।
वर्तमान वडा अध्यक्ष रामजी यादवले भने आफू विरामी भएर विदामा बसेका कारण अनियमिता बारे कुनै जानकारी नभएको बताएका छन् । बाहीर आलोचना गरे पनि आफू निर कसैले केही नभनेका कारण अहिलेसम्म कुनै जानकारी नभएको उनको भनाइ छ ।









तपाईको प्रतिक्रिया