TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

नागरिकता विधेयकमा छलफल गर्न बोलाइए पनि भएन छलफल


नर्सहरूको उच्च प्रशंसा गर्दै शुभकामनाः राष्ट्रपति
ADVERTISEMENT

काठमाडौं । नागरिकता विधेयकका बारेमा छलफल गर्न भनेर राष्ट्रपति विद्या भण्डारीले नेताहरुलाई डाके पनि आज सोमबार दिनभर विभिन्न विषयहरु चलेका छन् ।


प्रधानमन्त्री शेरबहादुर देउवासहित कांग्रेस नेताहरुलाई अपराह्न भेटेपछि भण्डारीले एमाले नेताहरुलाई साँझ शीतल निवास बोलाएकी थिइन् । एमाले अध्यक्ष केपी ओलीको अस्वस्थतासँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको नेतृत्वमा राष्ट्रपति भेट्न पुगेका उपाध्यक्ष सुवास नेम्वाङ रामबहादुर थापा, महासचिव शंकर पोखरेलले झण्डै दुई घण्टा कुराकानी गरको हुन् ।

कुरा गर्ने क्रममा राष्ट्रपतिले भारतीय सैनिक अभियान अग्निपथबारे उठिरहेका विवादबारे जिज्ञासा राखिन् ।

एमाले नेताहरुले गोर्खा भर्तीसँग जोडिएको विषय भएकाले त्रिपक्षीय छलफल हुनुपर्नेमा नेपाललाई अहिलेसम्म थाहा नभएकोबारे सरकारसँग सोधेको, तर कुनै जवाफ नपाएको बताएका थिए । उपाध्यक्ष नेम्वाङका अनुसार यसबारे संसदमै आवाज उठाउँदा पनि सरकारले चित्तबुझ्दो जवाफ नदिनुलाई विपक्षी पार्टीले अनुचित ठानेको छ ।

‘भारतले एकपक्षीय रुपमा अग्निपथ लागु गर्न खोज्दा पनि सरकारको धारणा आएन’ उनले शीतल निवासमा आफूहरुको धारणा उद्धृत गर्दै सुनाए, ‘पछि यो अभियान रोकियो भन्ने पनि सुनियो । तर हामीकहाँ कुनै जानकारी छैन ।’

राष्ट्रपति भण्डारीले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम एसपिपीबारे पनि जान्न चाहेकी थिइन् । उनले एमाले नेताहरुसँग यसबारे के भइरहेको छ भनी सोधेकी थिइन् । सरकारले अमेरिकालाई यो अभियानमा नेपाली संलग्नता रोकिएको बारे जानकारी गराउने भने पनि हालसम्म औपचारिक सूचना नपाएकोमा चासो व्यक्त गरेको एमाले नेताहरुले बताए ।

‘हामीले एसपिपीमा नेपाल संलग्न नहुने भनी अमेरिकालाई चिठी लेख्न भनेका थियौं, तर सरकारले कुनै जवाफ दिएन । पछि जवाफ पठाएको सुनियो, त्यो चिठी संसदमा देखाउन माग गरियो, तर आलटाल गरिरहेको छ’, बैठकमा एमाले नेताहरुले भने, ‘घुमाइफिराई फेरि एसपिपी पास गराउन लागेको हो कि भन्ने सन्देह सरकारका गतिविधिले उत्पन्न भयो, हामी अब जनतामाझ यही कुरा लगेर जान्छौं ।’

राष्ट्रपतिले नागरिकता विधेयक छलफलका लागि फिर्ता पठाए नि त्यसको छलफल संसदमा होस् भन्ने आफूले चाहेको, तर सत्ता गठबन्धनले जवाफ फर्काएकोमा गुनासो गरेकी थिइन् । आफूले गठबन्धन नचिन्ने, संसद चिन्ने उनको भनाइ थियो । ‘मैले जुन गम्भीरतासाथ यो विषय उठाएकी थिएँ, त्यसको रेस्पोन्स त्यही अनुरुप हुन सकेन, म दुःखी छु,’ राष्ट्रपतिले भनिन्, ‘मैले २००९ सालयताको विवाद सधैंका लागि रोकिने गरी यो विषय टुंगो लगाउन संसदमा रहेका दलहरुले काम गर्नेछन् भन्ने अपेक्षा राखेको थिएँ । त्यस्तो भएन ।’ साभार अनलाइन खबर

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
कोरोनाका कारण एक हजार निजी विद्यालय बन्द हुने अवस्थामा

विद्यालय बन्दको घोषणा स्थगित

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य