काठमाडौं । डेंगु संक्रमण ७७ वटै जिल्लामा फैलिएको छ । डेंगुबाट हालसम्म ५४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा डेंगुबाट थप दुई जनाको मृत्यु भएको छ ।
गत साउनदेखि शुक्रबारसम्म ४६ हजार ७६८ जनामा डेंगु पुष्टि भएको छ । डेंगु संक्रमण रोक्न प्रतिकार्यका कार्य तीव्र पारिएको मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न फोहर जम्मा भएको ठाउँ सफा गर्न र पूरा बाहुला भएको कपडा लगाउन अनुरोध गरेको छ ।
विज्ञहरूले डेंगु जोखिम कायम रहेको भन्दै सचेत रहन आग्रह गरेका छन्
।









तपाईको प्रतिक्रिया