देशैभरि आज बिहान भइरहेको प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषाका चारवटै क्षेत्रमा प्रमुख राजनितिक दलका नेता तथा उम्मेदवारहरुले मतदान गरेका छन् ।

यसैक्रममा पूर्व उपसभापति तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य विमलेन्द्र निधिले निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत नगराईन नगरपालिकास्थित राजेश्वर निधि उच्च माविमा रहेको मतदान स्थलमा मतदान गरेका हुन् । उनी समानुपतिक उम्मेदवार समेत हुन् ।
यस्तै नेपाली कांग्रेसका सह–महामन्त्री महेन्द्र यादवले धनुषाको लक्ष्मीनिया गाउँपालिका–३ बनिगामास्थित श्री जनता आधारभूत विद्यालयमा रहेको मतदान केन्द्र पुगेर उनले मतदान गरेका छन् ।यादव धनुषा–४ को प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।
यसैगरी नेकपा माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले धनुषाको सबैलामा मतदान गरेका छन् ।

पूर्वमन्त्री समेत रहेका यादवले आज बिहान धनुषाको सबैला नगरपालिका–२ स्थित रामप्रसाद माविको मतदान केन्द्रमा मतदान गरेका हुन् ।

मातृका सत्ता गठबन्धनको तर्फबाट धनुषा–१ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार हुन् ।
धनुषा क्षेत्र नं. ३ की एमालेकी तर्फबट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार जुलिले आज बिहानै धनुषाको निर्वाचन क्षेत्र नम्बर–४ मा रहेको जनकपुरधाम–९ स्थित सुहृदय पुस्तकालयको मतदान केन्द्र पुगेर मत खसालेकी छन् ।

त्यस्तै नेकपा एमालेका केन्द्रीय सचिव समेत रहेका धनुषा क्षेत्र नम्बर–४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार रघुवीर महासेठ पनि सोही मतदान केन्द्र पुगेर मतदान गरेका छन्
।










तपाईको प्रतिक्रिया