जनकपुरधाम, मङ्सिर ६ गते । धनुषा निर्वाचन क्षेत्र नम्बर २ र ३ मा नेकपा एमालेका उम्मेदवार उमाशंकर अरगरिया जुली महासेठ अगाडि देखिएका छन् ।
सोमबारदेखि सुरु भएके मतगणनामा धनुषा क्षेत्र नं. २ मा अरगरिया र क्षेत्र ३ मा महासेठ अग्रस्थानमा देखिएका हुन् ।
त्यस्तै, २ मा जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार गंगाराम यादव दोश्रो स्थानमा रहेका छन् । तेस्रो नम्बरमा नेपाली कांग्रेसका रामकृष्ण यादव रहेका छन् ।
त्यस्तै, धनुषाको क्षेत्र नम्बर ३ मा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका उम्मेदवार अनिलकुमार झा दोश्रो स्थानमा छन् भने तेश्रो स्थानमा जनमत पार्टीका ई.शम्भुनाथ साह रहेका छन् ।









तपाईको प्रतिक्रिया