TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने


जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने
ADVERTISEMENT

काठमाडौं, मङ्सिर २६ गते । जनगणना २०७८ को पूर्ण विवरण १५ पुस भित्रै सार्वजनिक गरिने भएको छ । अहिले जनगणनाका विवरणहरु प्रशोधनको काम भइरहेको भन्दै अब तयार भएका विवरणहरु क्रमशः सार्वजनिक गर्ने तयारी गरिएको तथ्यांक विभागका निर्देशक ढुण्डीराज लामिछानेले जानकारी दिए ।


‘इश्वी सम्वत २०२३ नलाग्दै जनगणनामा अहिलेसम्म तयार विवरणहरु सार्वजनिक गरिनेछ,’ उनले भने, ‘केही विवरण पछि पनि सार्वजनिक गर्न सकिन्छ ।’

तथ्यांक विभागले जनगणनाको प्रारम्भिक विवरण गत माघ दोस्रो साता सार्वजनिक गरेको थियो । जनगणनाको पूर्ण विवरण सार्वजनिक नभएका कारण अहिलेसम्म संघ, प्रदेश र स्थानीय तहले २०६८ सालकै तथ्यांकमा आधारित रहेर योजना÷कार्यक्रम बनाएका छन् ।

प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४ सय ८० रहेको छ । पूर्ण विवरणमा यो फरक पर्न सक्छ । प्रारम्भिक प्रतिवेदन अनुसार २०६८ को तुलनामा नेपालमा २६ लाख ९७ हजार ९ सय ७६ जनाले जनसंख्या बढेको पाइएको थियो । यस अनुसार नेपालको जनसंख्या वृद्धिदर ०.९३ प्रतिशत मात्र रहेको देखिएको थियो । विभागले प्रारम्भिक विवरण सार्वजनिक गरेको ६ महिनामा पूर्ण विवरण ल्याउने भनेको थियो । प्रारम्भिक प्रतिवेदन सार्वजनिक भएपछि नेपालमा भएका लगातार दुई वटा निर्वाचनका कारण समेत पूर्ण विवरणको काम पुरा गर्न समय लागेको विभागको भनाइ छ ।

प्रारम्भिक नतिजाले नेपालमा कुल ५६ लाख ४३ हजार ९ सय ४५ वटा घर रहेको देखाएको छ । यी घरमा कुल ६७ लाख ६१ हजार ५९ वटा परिवार बसोबास गर्छन् । अहिले प्रत्येक १ सय वटा घरमा १२० वटा परिवारको बसोबास छ । १० वर्ष अगाडि एक सय वटा घरमा ११८ जना परिवारको बसोबास थियो ।

पछिल्लो १० वर्षमा परिवार संख्या मात्र १३ लाख ३३ हजार ५ सय ३१ (२४.५७ प्रतिशत) थप भएको छ । कुल जनसंख्यामा १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत) पुरुष छन् । महिलाको संख्या १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत रहेको छ । नयाँ तथ्यांक अनुसार १ सय महिलाको अनुपातमा ९५.९१ जना पुरुष रहेको प्रारम्भिक विवरणमा देखिएको थियो ।

प्रारम्भिक विवरणमा यस्तो छ जनसंख्यीकी तथ्यांक :

कुल जनसंख्या : २ करोड ९१ लाख ९२ हजार ४ सय ८०
पुरुष : १ करोड ४२ लाख ९१ हजार ३ सय ११ जना (४८.९६ प्रतिशत)
महिला : १ करोड ४९ लाख १ हजार १ सय ६९ (५१.०४ प्रतिशत)
नेपालमा घर संख्या : ५६ लाख ४३ हजार ९४५
परिवार संख्या : ६७ लाख ६१ हजार ५९
जनगणना घर र परिवारको अनुपात : १ः१.२०
१० वर्षमा थप भएको परिवार संख्या : १३ लाख ३३ हजार ५५७

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
मेलम्ची खानेपानीका पाइप फुट्दा अस्तव्यस्त सडक

मेलम्ची खानेपानीका पाइप फुट्दा अस्तव्यस्त सडक

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य