TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

सरकार गठनको गृहकार्यमा सकस


सरकार गठनको गृहकार्यमा सकस
ADVERTISEMENT

मधेश प्रदेशमा पहिलो र दोस्रो राजनीतिक दल बनेका पार्टीले आन्तरिक रूपमा सरकार गठनको गृहकार्य सुरु गरेका छन्। सरकार गठनका निम्ति कुनै पनि दललाई सामान्य बहुमत नपुग्दा सरकार गठनको गृहकार्यमा निकै सकस देखिएको छ।


प्रदेशसभामा दलको हिसाबले नेकपा (एमाले) पहिलो र नेपाली कांग्रेस दोस्रो दल बनेको छ। तर, गठबन्धनको हिसाबले सत्ता गठबन्धन पहिलो र एमाले– जसपा गठबन्धनले दोस्रो स्थान प्राप्त गरेका छन्। दुबै गठबन्धनले आ–आफ्नो पक्षमा समर्थन जुटाउन गठबन्धन बाहिरका दललाई फकाउने प्रयास गरिरहेका छन्। संघीय सरकार गठनले नै प्रदेश सरकार गठनमा प्रभाव पार्ने निश्चित छ । संघमा समर्थन जनाएको दलको समर्थनमा प्रदेश सरकार बन्नेछ । संघीय सरकार गठनको तयार नभएसम्म प्रदेश सरकार गठन प्रक्रिया अगाडि बढ्ने र वातावरण निर्माण गरिने कार्यमा तीव्रता आउने पनि देखिँदैन। ए म ा ल े क ा मधेश प्रदेशका सह–इन्चार्ज सुमनराज प्याकुरेलले प्रदेशमा एमाले पहिलो पार्टी बनेकाले एमालेकै नेतृत्वमा सरकार बनाउन अन्य दलसँग छलफल भइरहेको बताएका छन् । तर, आफ्नो गठबन्धनसंग बहुमत नपुगेको बताउँदै सरकार बनाउने विषयमा जनता समाजवादी पार्टी, जनमतलगायत अन्य पार्टीसंग कुराकानी भइरहेको बताउँदै उनले भने संघमा जसरी सरकार बन्छ, त्यसरी नै प्रदेशमा सरकार बन्छन्।त्यस्तै,नेपाली कांग्रेस मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले प्रदेशमा गठबन्धन पहिलो शक्ति भएकाले गठबन्धन दलभित्रकै नेतृत्वमा सरकार बनाउन पहल भइरहेको जानकारी दिए । उनले सरकार गठन, नेतृत्वका लागि गठबन्धन बाहिर जनमत, जसपालगायत दलसंग छलफल भइरहेको छ भन्दै संघीय सरकार गठन अनुसार नै प्रदेशमा सरकार गठन हुन्छ बताए ।

मधेश प्रदेशमा पहिलो पार्टी बनेको नेपाल कम्युनिस्ट पार्टी (एमाले) र दोस्रो बनेको नेपाली कांग्रेसले निर्वाचनताका गरेको गठबन्धनलाई जोड् दा पनि सामान्य बहुमत पुग्न सकेको छैन। निर्वाचनमा एमाले–जसपा गठबन्धन र सत्ता गठबन्धनको प्रतिस्पर्धा थियो । अब, बहुमतको सरकार बनाउन गठबन्धनभित्र र बाहिरका दलको सहयोग लिनुबाहेक विकल्प देखिएको छैन। र, अर्को विकल्प भनेको दुबै गठबन्धनको संयुक्त सरकार पनि बन्न सक्ने सम्भावनासमेत देखिन्छ । यस प्रदेशमा प्रत्यक्षतर्फ ६४ र समानुपातिकतर्फ ४३ गरी कुल १०७ सभा सदस्य सिट संख्या छ। सरकार बनाउन सामान्य बहुमतका लागि कम्तीमा ५४ सिट आवश्यक पर्छ। यो संख्या पु¥याउन गठबन्धन बाहिरका दलको समर्थन अनिवार्य भएको छ। यता निर्वाचन आयोगले समानुपातिकतर्फका प्रदेशसभा सदस्यमा पार्टीले पाएको संख्या घोषणा गरिसकेको छ।

तर, पार्टीको सिफारिसमा प्रदेशसभा सदस्यको अन्तिम नामावली घोषणा गर्न आयोगलाई एक÷दुई दिन समय लाग्ने भएको छ। निर्वाचन आयोगका अनुसार मधेश प्रदेश सभामा दसवटा राजनीतिक दलको प्रतिनिधित्व कायम भएको छ। प्रदेश सभामा पहिलो बनेको एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा आठ गरी २३ सिट प्राप्त गरेको छ। दोस्रो दल बनेको कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा सबैभन्दा बढी नौ गरी २२ सिट जितेको छ। जसपाले प्रत्यक्षमा नौ र समानुपातिकमा सात गरी १६ सिट ल्याएर तेस्रो दल बनेको छ। अघिल्लो निर्वाचनमा प्रदेशमा जसपा पहिलो दल बनेको थियो। यसैगरी प्रत्यक्षमा छ र समानुपातिकमा सातसहित १३ जितेको जनमत पार्टी चौथो, लोकतान्त्रिक समाजवादी पार्टी प्रत्यक्षमा सात र समानुपातिकमा दुई सिट ल्याएर पाँचौँ दल भएको छ। नेकपा (माओवादी केन्द्र)ले प्रत्यक्ष र समानुपातिकमा चार÷चार गरी आठ सिट प्राप्त गरेको छ।

नेकपा (एकीकृत समाजवादी)ले प्रत्यक्षमा चार र समानुपातिकमा तीन सिट जितेको छ। प्रत्यक्षमा छ जना सदस्य स्वतन्त्रबाट जितेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ एक÷एक सिट जितेका छन्। यी दलका कुनै पनि उम्मेदवार प्रत्यक्षतर्फमा जितेका छैनन् ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
नेपाली कांग्रेस र जसपाले सच्यायो सूची

नेपाली कांग्रेस र जसपाले सच्यायो सूची

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य