TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

तीनै तहका सरकारहरुले समन्वय गरेर अघि बढ्नपर्नेः सञ्चार मन्त्री शर्मा


तीनै तहका सरकारहरुले समन्वय गरेर अघि बढ्नपर्नेः सञ्चार मन्त्री शर्मा
ADVERTISEMENT

काठमाडौं, चैत २ गते । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले संविधान र कानुनका आधारमा रहेर प्रदेश र स्थानीय तहलाई बलियो बनाउनुपर्ने बताएकी छन् ।


बिहीबार मन्त्रालयले आयोजना गरेको सातै प्रदेशका सञ्चार हेर्ने मन्त्रीहरूसँगको बैठकलाई सम्बोधन गर्दै सञ्चारमन्त्री शर्माले सो कुरा बताएकी हुन् । उनले संविधानले दिएको एकल अधिकारलाई प्रभावकारी रूपमा प्रयोग गर्ने, साझा अधिकारलाई समन्वयमा प्रयोग गर्ने र संविधानको प्रतिकूल नहुने गरी कतिपय अत्यावश्यकीय सवालमा व्यवहारिक रूपमा समन्वय गरेर तीनै तहका सरकारहरूले अघि बढ्नुपर्ने बताइन् ।

‘‘हामीले ठूलो राजनीतिक सङ्घर्षपछि प्राप्त गरेको सङ्घीयताको मूल मर्म भनेकै राज्यमा जनताको पहुँच स्थापित गर्ने र राज्यबाट प्रवाह हुने सेवा सुविधा सरल र सहजरुपमा जनताको घरनजिक पु¥याउनु हो ।,’’ मन्त्री शर्माको भनाइ छ, ‘‘त्यसका लागि सङ्घीय सरकारले नीति निर्माण गर्नुपर्छ, बाँकी जनताका पक्षमा दैनिक दिनको काम गर्ने स्थानीय सरकारले हो भने त्यसमा समन्वय गर्ने काम प्रदेश सरकारले हो ।’’

सञ्चार मन्त्रालयअन्तर्गतका धेरै कामको अधिकार सङ्घीय सरकारलाई भए पनि संविधानको प्रतिकूल नहुने गरी व्यहारिकरुपमा सङ्घीयताको कार्यान्वयनका आफूहरू लागिरहेको मन्त्री शर्माले जानकारी दिइन् ।

‘‘दूरसञ्चार, हुलाक, रेडियो फ्रिक्वेन्सीलगायतका धेरै क्षेत्र सङ्घीय सरकारको अधिकार क्षेत्रभित्र पर्दछन्,’’ उनले भनिन्, ‘‘संविधानतः यी निकाय सङ्घीय सरकारकै मातहत रहे पनि व्यवहारिकरुपमा प्रदेश र पालिका तहमा सेवा प्रवाह गर्ने सवाल हाम्रो प्राथमिकतामा रहनेछन् ।’’

आफूले मन्त्रालय सम्हालेपछि लामो समयदेखि थन्किएका कानुन परिमार्जन र अत्यावश्यकीय सेवा सुधारमा जोड दिएको उल्लेख गर्दैै मन्त्री शर्माले भनिन्, ‘‘म मन्त्री भएपछि पहिलो निर्णयको रूपमा सबै राजमार्ग क्षेत्रमा मोबाइल सेवा पु¥याउने प्रतिबद्धतामा हस्ताक्षर गरेको थिएँ, आगामी वैशाखसम्म यसको ८० प्रतिशत काम पूरा गर्ने तयारी भइरहेको छ । जनताको जहाँ सबैभन्दा धेरै जमघट हुन्छ, त्यही ठाउँमा फोन र इन्टेरनेट सेवा प्रभावकारी बनाउने गरी सेवा प्रवाहस्थलहरुलाई प्राथमिकता दिएर काम अघि बढाइएको छ ।’’

बैठकमा प्रदेश मन्त्रीहरूले संविधानमा उल्लेखित एकल अधिकार प्रयोगमा समस्या नभए पनि साझा अधिकार प्रयोगमा अलमल देखिएको प्रभावकारी समन्वय हुनुपर्नेमा जोड दिएका थिए ।

तीनवटै सरकारले अलि बढी अधिकार प्रयोग गर्न खोजेजस्तो देखिँदा काममा एकरुपता आउन नसकेको, दूरसञ्चार सेवा दुर्गममा जान नसकेको, आम सञ्चार क्षेत्रले सङ्घीयताको महसुस गर्न नसकेको, प्रदेश र स्थानीय तहमा आउने समस्याको गाँठो सङ्घीय सरकारले फुकाइदिनुपर्ने, सङ्घीय कानुन निर्माण र कर्मचारी व्यवस्थापनमा सङ्घीय सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका थिए ।

उनीहरूले तीनवटै सरकारका प्रभावकारी बनाउन एकीकृत निकाय बनाउनुपर्नेमा पनि प्रदेश मन्त्रीहरूले जोड दिनुएका थिए । मन्त्रीहरूले प्रदेशस्तरमा प्रेस काउन्सिल, विज्ञापन बोर्ड, आम सञ्चार प्रतिष्ठानका एकाइ राख्नुपर्ने सुझाव पनि दिए । समन्वय बैठकका लागि सञ्चारमन्त्रीलाई धन्यवाद दिँदै उनीहरूले सबै मन्त्रालयले यस्तै बैठक आयोजना गरेर आपसी अलमलमा सहजीकरण गर्दै लैजानुपर्ने बताए ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालले प्रदेश सरकारहरूसँग सङ्घीय सरकारका पनि कतिपय अपेक्षा रहेको उल्लेख गर्नुहुँदै देशभरि लागू हुने र प्रदेशमा लानुहुने कामको सीमितता छुट्याएर अघि बढ्दा अधिकार प्रयोगमा अलमल नआउने बताए ।

डाटा सेन्टरमा एकरुपता ल्याउने प्रयास भइरहेको जानकारी दिनुहुँदै उहाँले हरेक प्रदेशमा चलचित्र छायाङ्कन स्टुडियो बनाउने मन्त्रालयको योजना रहेको जानकारी दिनुभयो ।

बैठकमा मन्त्रालयका सहसचिवहरू, सूचना तथा प्रसारण विभाग, हुकाक सेवा विभाग, नेपाल टेलिकमलगायतका विभागीय संस्थाका प्रमुखहरूले पनि आफ्नो क्षेत्रमा भइहरेका प्रगतिबारे जानकारी गराउनुभएको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
संयमित भएर देशलाई समृद्ध बनाउन सकिन्छः अध्यक्ष ओली

संयमित भएर देशलाई समृद्ध बनाउन सकिन्छः अध्यक्ष ओली

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य