TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

अमेरिकी तारो बनिरहेको टिकटक, प्रतिबन्धअघि लिइयो सीईओको बयान


अमेरिकी तारो बनिरहेको टिकटक, प्रतिबन्धअघि लिइयो सीईओको बयान
ADVERTISEMENT

काठमाडौं, चैत १० गते । टिकटकका प्रमुख कार्यकारी अधिकृतलाई अमेरिकी संसदले बयान लिएको छ। विश्वभरका बालबालिकाको मानसिक स्वास्थ्य र अमेरिकी सुरक्षामा खलल पु¥याएको भन्दै अमेरिकी संसदले टिकटकका प्रमुख कार्यकारी अधिकृत सोझी चिउसँग पाँच घण्टा बयान लिएको हो।


अमेरिकामा टिकटक प्रतिबन्ध नलगाउनु पर्ने कारणबारे स्पष्ट पार्न उनीसँग संसदले बयान लिएको थियो। बालबालिकाको मानसिक स्वास्थ्य र राष्ट्रिय सुरक्षामा चिनियाँ एप्लिकेसनले चुनौती थपेको भन्दै अमेरिकामा टिकटक प्रतिबन्धका विषयमा बहस भइरहेको छ ।

डेढ करोड अमेरिकीले टिकटक प्रयोग गरिरहेको तथ्यांक रहेको छ। बयानका क्रममा चिउले कसैको डेटाको अनधिकृत वा अनैतिक तवरले प्रयोग नहुने बताएका छन्। उनीहरुको डेटाबारे अमेरिकाले बारम्बार चासो राखेपछि चिनियाँ कम्युनिस्ट पार्टीले समेत डेटामा कुनै खेलबाड नहुने बताएको थियो।

‘अमेरिकीहरूको डेटा अमेरिकन सर्भरमा नै रहन्छ। अमेरिकी भूमिमा अमेरिकी कर्मचारीहरूले नै डेटा हेर्दा कुनै हिसाबले असुरक्षित हुँदैन’, चिउले संसदमा भनेका छन्।चिउका अनुसार डेटा सुरक्षाकै निम्ति डेढ अर्ब अमेरिकी डलर खर्च गरेर अमेरिकी कम्पनी ओ¥याकलसँगको सहकार्यमा १५०० जनालाई रोजगारी दिइएको छ।

संसदमा कसैले पनि टिकटकको समर्थन गरेनन्। यसले बालबालिकामा नकारात्मक प्रभाव पारेको धेरैको तर्क थियो। टिकटकले बालबालिका यौनशोषणको जोखिममा पर्दै गएको सांसदहरूको जिकिर थियो। डेमोक्र्याट सांसद क्याथि क्यास्टरले भनेका छन्ः ‘बालबालिकाको सुरक्षामा ध्यान दिएर एप्लिकेशन बनाउनुपर्नेमा नाफा केन्द्रित भएर त्यसको बेवास्ता गरिएको छ।’

त्यस एप्लिकेशनको गोपनीयताको सवालमा प्रश्न तेर्सिएपछि एप्लिकेशन चिनियाँ सरकारको इशारामा नचल्ने बताइएको छ। ‘टिकटकमा आएका सामग्रीलाई हामी चिनियाँ सरकारको आग्रहमा प्रवर्धन पनि गर्दैनौं र हटाउँदैनौं’ उनको जवाफ थियो।

टिकटक प्रयोगकर्तालाई कुनै पनि सरकारको हस्तक्षेपबाट टाढै राख्ने र बालबालिकाको सुरक्षामा निकै संवेदनशील रहेको जवाफ टिकटकले दिएको छ।संसदमा १० डेमोक्र्याट र १० रिपब्लिकन सांसदले टिकटकलाई प्रतिबन्ध लगाउन बाइडेन प्रशासनले कानुन ल्याउनुपर्ने प्रस्तावमा सहमति दिएका छन्।

टिकटकका अनुसार बाइडेन प्रशासनले चिनियाँ लगानीकर्ताको स्वामित्व फिर्ता गरे मात्रै अमेरिकामा प्रतिबन्ध नलगाउने शर्त छ। चीनको वाणिज्य मन्त्रालयले अमेरिकाले टिकटकलाई प्रतिबन्ध लगाएमा अमेरिकामा चिनियाँ लगानी र सामान बिक्रीबारे सोच्नुपर्ने चेतावनी दिएको छ।

डेमोक्र्याटका सांसद टोनी काडेनले टिकटकले बालबालिकाको मानसिक स्वास्थ्यमा गम्भीर असर पु¥याएको बताएका थिए। ‘आफ्नो स्वार्थका लागि बालबालिकाको सुरक्षामा ध्यान नदिने यस्ता कम्पनीबाट हामी स्वयंले हाम्रा बालबालिका बचाउनुपर्छ’, उनको भनाइ थियो।

अमेरिकाले टिकटक प्रतिबन्धका लागि पहल बढाइरहेको छ। त्यसअघि उसले टिकटकलाई आफ्नो भनाइ राख्ने मौका दिएको हो। प्रतिबन्ध कहिले लगाउनेछ भन्ने निश्चित छैन तर संसद टिकटकको प्रतिबन्धमा एकमतझैं छ।

बाइडेन प्रशासनले टिकटक प्रतिबन्ध लगाएमा वासिङ्टन र बेइजिङको सम्बन्धमा थप दरार उत्पन्न हुने निश्चित छ। अमेरिकी संसदको एक समितिले प्रतिबन्ध सम्बन्धी विधेयकलाई अनुमोदन गरेको छ र यदि यो विधेयक कानुन बनेमा राष्ट्रपतिलाई उपयुक्त लागेको अवस्थामा टिकटकमाथि प्रतिबन्ध लगाउन सक्ने अधिकार हुनेछ।

अमेरिकी राष्ट्रपति जो बाइडेन आफैंले संघीय सरकारको स्वामित्वमा रहेका सबै स्मार्टफोनबाट टिकटक एप हटाउन आदेश दिएका छन्।

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
गैर आवासीय मधेशी संघले उपेन्द्र साहको शव स्वदेश पठायो

गैर आवासीय मधेशी संघले उपेन्द्र साहको शव स्वदेश पठायो

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य