काठमाडौँ, चैत २२ गते । मिटरब्याजको समस्या समाधानका लागि आयोग गठनको निर्णयसँगै विगत नौ दिनदेखि काठमाडौँका विभिन्न स्थानमा धर्नामा रहेका मिटरब्याजपीडितहरू घर फर्किएका छन् ।
झापा, मोरङ, सुनसरी, बारा, पर्सा, सप्तरी, धनुषालगायतका जिल्लाका मिटरब्याज पीडितहरू ११ दिनको पैदलयात्राबाट काठमाडौं आएका थिए । मिटरब्याजसम्बन्धी समस्या समाधान गर्न सरकार र पीडितबीच गत शनिबार पाँच बुँदे सहमति भएपछि उनीहरु घर फर्किएको हुन् ।
मिटरब्याजविरुद्ध सङ्घर्ष समितिका संयोजक मनोज पासवानले मिटरब्याजको समस्या सरकारले अत्यन्तै गम्भीरतापूर्वक लिएर समस्या समाधान गर्न आयोग गठन गर्ने निर्णय गरेपछि आफूहरू घर फर्किएको बताए ।









तपाईको प्रतिक्रिया