जनकपुरधाम, जेठ ८ गते । नेपाल प्रेस युनियन धनुषाको अध्यक्षमा पुनः राजनकुमार सिंह सर्वसम्मत चयन हुनु भएको छ ।
आइतबार धनुषाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. २० स्थित नोचा पोखरीमा आयोजित धनुषा जिल्लाको १० औं अधिवेशनबाट सिंह पुनः सर्वसम्मत चयन हुनुभएको हो ।
यस्तै, उपाध्यक्षमा घनश्याम मिश्र, निरंजनकुमार साह र उपाध्यक्ष महिलामा रुपा कर्ण चयन हुनुभएको छ भने सचिवमा हरिवंश यादव र सहसचिवमा तेजकुमारी पौडेल सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै, कोषध्यक्षमा किशोर मण्डल चयन हुनुभएको छ भने सदस्यमा चंदन ठाकुर, राहुल सिंह, चन्दन शर्मा, रामेश्वर महतो, एलिना सिंह, रिता थापा, कृष्णा कँडेल , रामसुन्दर कामत, पूजा मण्डल ,सुकदेव मण्डललगायत रहेका छन् ।









तपाईको प्रतिक्रिया