जनकपुरधाम, जेठ ३२ गते । नेपाली कांग्रेसका वरिष्ठ नेता डा.शेखर कोइरालाले पार्टीसँग असन्तुष्ट भएका नेता कार्यकर्ताहरुलाई कांग्रेसमा फर्किन आग्रह गर्नुभएको ।
शुक्रबार मधेश प्रदेशको राजधानीस्थित जनकपुरधाम विमास्थलमा पत्रकारहरसँगको कुराकानीमा कांग्रेसका नेता डा.कोइरालाले कांग्रेससँग असन्तुष्ट, निस्क्रिय वा अन्य पार्टीमा प्रवेश नेता तथा कार्यकर्ताहरुलाई पार्टीमा पुन फर्किन अग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,“नेपाली कांग्रेसमा फर्किनुस्, नेपाली कांगे्रसलाई बलियो बनाउनुस् र लोकतन्त्रलाई बलियो बनाउनुस् ।”
यस्तै पत्रकारहरुसाग कुरा गर्नुहुँदै नेता डा. कोइरालाले नेपालको मिश्रित निर्वाचन प्रणलीका कारण कुनै एक दलको बहुमत नहुँदा सरकारले स्थिरता पाउन नसकेको बताउनुभयो । उहाँहले उदाहरण स्वरुप वर्तमान माओवादी सरकारमा एमाले लगायत अन्य दलको सहभागितालाई औल्याउनुहुँदै वर्तमान सरकारको आयु पनि खासै लामो नरहेको उल्लेख गर्नुभयो ।
जेठ ३२ र असार १ गते जनकपुरधाममा आयोजित विभिन्न कार्यक्रममा सहभागी हुन डा. कोइराला जनकपुरधाम आउनु भएको हो ।









तपाईको प्रतिक्रिया