TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

विपद् व्यवस्थापनका कार्यक्रम विद्यालयस्तरबाट सञ्चालन गर्न आग्रह ः मुख्यमन्त्री सिंह


विपद् व्यवस्थापनका कार्यक्रम विद्यालयस्तरबाट सञ्चालन गर्न आग्रह ः मुख्यमन्त्री सिंह
ADVERTISEMENT

जनकपुरधाम, असार ५ गते । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रमहरू विद्यालय स्तरबाट सञ्चालन गर्न आग्रह गर्नुभयो ।


मङ्गलबार जनकपुरधाममा आयोजित मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०८१ कार्यशाला तथा अन्तरक्रिया कार्यक्रममा मधेशका मुख्यमन्त्री सिंहले विपद् व्यवस्थापन सम्बन्धी कुनै पनि तालिम वा कार्यक्रम युवाहरूलाई दिन आवश्यक रहेकाले यस्ता तालिम तथा कार्यक्रम विद्यालयस्तरबाट सुचारु गर्न आग्रह गर्नुभयो ।

उहाँले यसअघि यस्ता तालिममा सहभागी बुढापाखाहरुलाई मात्र देखेका कारण आगामी दिनमा विपद्का तालिममा युवाहरूलाई सहभागी गराउन आग्रह गर्नुभयो । विद्यालय स्तरका बालबालिकाले भोलीको भविष्य निर्धारण गर्ने हुँदा यस्ता तालिम दिँदा विद्यालयस्तरका बालबालिकालाई सहभागी गराउन आवश्यक रहको उल्लेख गर्नुभयो ।

मुख्यमन्त्री सिंहले भन्नुभयो,“ विगतमा काम विपद्का तालिममा जहिले पनि ६० वर्ष उमेर पार भएका नागरिकहरू मात्र देखा परेका थिए तर, अब त्यस्तो नहोस्, यो तालिम हाम्रो लगानी हो, यसले जोखिमबाट बचाउँछ । त्यसकारण विद्यालय स्तरबाट जानुपर्छ ।”

उहाँले आफू गाउँपालिका अध्यक्ष हुँदाको अनुभव सुनाउँदै विगतमा गैर सरकारी संघसस्थाको भरमा विपद् व्यवस्थापन प्रतिकार्यका कार्यक्रम हुँदै आएको मधेश प्रदेशमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम गैर सरकारी तथा अन्तर्राष्ट्रिय गैर सरकारी संस्थाहरूका लागि समेत बाटो खुला गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “आउनुस् हातेमाले गरेर मधेशमा काम गरौँ, तपाईँहरूसँग सहकार्य गर्न मधेश प्रदेश तयार छ, मधेश प्रदेशमा भइरहेका विपद्का जोखिमलाई न्यूनीकरण गर्दै विपदमा परेकाहरूलाई सहयोग गरौँ ।”

मधेशमा हुने विपद्हरू आगलागी बढीहरू हुन, तर नेपाल सरकारसँग भूकम्पका कारण क्षति भएका घर बनाउने नियम छ । तर आगलागीबाट ध्वस्त तथा क्षति भएका घरहरू बनाउने नियम नेपाल सरकारसँग नहुँदा मधेशका आगलागी पीडित झन् पीडामा परेको मुख्यमन्त्रीको भनाइ छ । यस्ता विपद्मा परेकाहरूलाई सहयोग गर्न कानुन पनि बाँधक बन्ने हुँदा यस्ता कानुनका बाँधालाई फुकाउन आवश्यक रहेको भन्नुहुँदै मुख्यमन्त्री सिंहले विपद् जोखिम न्यूनीकरणकामा अग्नि तथा बाढी पीडित घरपरिवारका लागि आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बिमा गर्ने योजना बनाएको बताउनुभयो । उहाँले भन्नुभयो,“ बिमाले विपदमा परेका परिवारका क्षति व्यहोर्ने कार्य गर्नेछ ।”

मुख्यमन्त्री सिंहले तराई मधेशमा जाडोमा शीतलहरि र अत्यधिक जाडो, गर्मीमा लु रोग तथा आगलागी र वर्षातमा चट्याङ्ग तथा बढी जस्ता समस्याले सधैँभरी सताइरहेको बताउनुहुँदै यस्ता विपद्लाई न्यूनीकारण गर्न सङ्घबाट बाझिएको कानुनलाई फुकाउन आवश्यक रहेको जिकिर गर्नुभयो । यस्ता बाँधा अड्चन हुने कानुनका कारण मधेश प्रदेशमा जनताले विपद्का राहत पाउन सकेको छैनन् त्सकारण मधेशका काम गर्ने संघसंस्थाहरुले समन्वयकारी भूमिका निर्वाह गरी सङ्घीय कानुनको बाधालाई फुकाउन पहल गर्न आग्रह समेत गर्नुभयो ।

यस्तै, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा प्राविधिक व्यवस्थापनका उपसचिव तथा प्रवक्ता डा. डिजन भट्टराईले विपद् जोखिम न्यूनीकरणमा प्रदेशको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।

मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयका आयोजना तथा सोही मन्त्रालयका सचिव विदेन्द्रकुमार यादवलेका अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई ह्याविटेट फर हयुमानिटी नेपाल, रेडक्रस नेपाल डिपी नेट नेपाल, नेशनल हाउजिङ्ग रिकभरी एण्डा सेटलमेन्ट रिसाइलेन्स प्लेटफर्म (एनएजएसआरपी) तथा सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल( सिडिएएफपिएन) सहकार्य तथा समन्वयकारी भूमिका निर्वाह गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न सङ्घसंस्थाका पदाधिकारी स्थानीय तहका जनप्रतिनिधि, सुरक्षा निकायका प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
जनकपुरधामका प्रमुख साहको प्रतिबद्धता पुरा भएन, फोहोर व्यवस्थापन जटिल बन्दै

जनकपुरधामका प्रमुख साहको प्रतिबद्धता पुरा भएन, फोहोर व्यवस्थापन जटिल बन्दै

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य