TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

मधेश प्रदेशको पर्यटन विकासका लागि संघ सरकारलाई सात बुँदै माग


मधेश प्रदेशको पर्यटन विकासका लागि संघ सरकारलाई सात बुँदै माग
ADVERTISEMENT

जनकपुरधाम, साउन १३ गते ।
मधेश प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटनमन्त्री इन्जिनियर बसन्त कुशवाहाले प्रदेशको धार्मिक, सांस्कृतिक र ऐतिहासिक पर्यटन सम्भावनालाई पूर्ण रूपमा उपयोग गर्न पूर्वाधार, नीति र सुरक्षा सम्बन्धी चुनौती समाधानका लागि संघीय सरकारको ध्यानाकर्षण गराउँदै सात  बुँदे माग प्रस्तुत गर्नुभएको छ ।
मन्त्री कुशवाहाले राष्ट्रिय पर्यटन परिषद्को काठमाडौंमा बुधबार बसेको बैठकमा मधेश प्रदेशको पर्यटन विकासमा संघीय सरकारको सशक्त साझेदारी अपरिहार्य रहेको उल्लेख गर्दै सो मागहरू प्रस्तुत गर्नुभएको हो ।
मन्त्री कुशवाहाले जनकपुर विमानस्थललाई अन्तर्राष्ट्रियस्तरमा स्तरोन्नति गरी भारतका प्रमुख धार्मिक तथा सांस्कृतिक सहरहरू, अयोध्या, लखनउ, वनारस, पटना र दिल्लीसँग सिधा हवाई सेवा सञ्चालन गर्नुपर्ने माग राख्नुभएको छ । साथै, भैरहवा, विराटनगर, नेपालगञ्ज र पोखरालगायत आन्तरिक गन्तव्यहरूसँग हवाई सम्पर्क सुदृढ गर्न संघीय सरकारको पहल आवश्यक रहेको उल्लेख गर्नुभयो ।
प्रदेशका आठवटा प्रमुख नेपाल–भारत नाकामा पर्यटक सूचना केन्द्र स्थापना तथा एकीकृत सुरक्षा प्रणाली लागू गर्नुपर्ने माग गर्दै मन्त्री कुशवाहाले पर्यटकहरूको सहज र सुरक्षित आवागमन सुनिश्चित गर्न विशेष सुरक्षा संयन्त्र सञ्चालन गर्नुपर्नेमा जोड दिनुभएको छ ।
मन्त्री कुशवाहाले जानकी मन्दिरलाई युनेस्कोको विश्व सम्पदा सूचीमा सूचीकृत गराउन संघीय सरकारले प्राविधिक र कूटनीतिक पहल गर्नुपर्ने माग गर्नुभएको छ । साथै, मधेशको परम्परागत सांस्कृतिक तथा वास्तुकलाको संरक्षणका लागि विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभएको छ ।
पर्यटन नीतिनिर्माण, कानुन निर्माण र बजेट व्यवस्थापनमा मधेश प्रदेशको समुचित सहभागिता सुनिश्चित गर्नुपर्ने र संघ, प्रदेश तथा स्थानीय तहबीच समन्वयमा आधारित पर्यटन प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्नुपर्ने माग मन्त्रीको प्रस्तावमा उल्लेख छ ।
सिमावर्ती भारतीय प्रदेशहरू उत्तर प्रदेश र बिहारसँग धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवद्र्धनका लागि द्विपक्षीय सम्झौता गरी संयुक्त कार्यक्रमहरू सञ्चालन गर्नुपर्ने प्रस्ताव पनि मन्त्री कुशवाहाले संघीय सरकारलाई गर्नुभएको छ ।
मधेश प्रदेशको पर्यटन प्रचारका लागि “भिजिट मधेश” नामक डिजिटल प्रचार अभियान सञ्चालन गर्नुपर्ने प्रस्ताव राख्दै उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पर्यटकलाई आकर्षण गर्न संघीय सरकारको साझेदारीमा डिजिटल माध्यममार्फत प्रचार अभियान सञ्चालन गर्न जोड दिनुभएको छ ।
मन्त्री कुशवाहाले प्रस्तुत गर्नुभएको ७ बुँदे मागमार्फत मधेश प्रदेशको पर्यटन विकासलाई दिगो रूपमा अगाडि बढाउन संघीय सरकारको नीति, स्रोत र सहकार्य अपरिहार्य देखिन्छ ।

तपाईको प्रतिक्रिया

Related Posts

निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा
प्रदेश २

परिवर्तनमुखी परिणामको दाबी गर्दै मनिष झा गाउँ–टोलमा

March 1, 2026
Next Post
शान्ति सुरक्षाको माग गर्दै सिडिओ कार्यालय धनुषामा ज्ञापनपत्र

शान्ति सुरक्षाको माग गर्दै सिडिओ कार्यालय धनुषामा ज्ञापनपत्र

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य