जनकपुरधामको गोपाल धर्मशालामा हरेक वर्ष विजयादशमीको अवसरमा लाग्ने सस्ता बजार सञ्चालनमा आएको छ । घटस्थापनाको शुभ अवसरमा सोमवार श्री राम मन्दिरका महन्त श्री राम गिरी, जनकपुरधामका मेयर मनोज कुमार साह र नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरनसाहले बजारको समुदघाटन गरेका छन् ।
व्यापारीहरुको राष्ट्रिय छाता संगठन नेपाल उद्योग बाणिज्य महासंघ भन्दा पनि जेठो २००९ सालमा स्थापित जनकपुरधाम उद्योग बाणिज्य संघको आयोजनामा ४३ औं वर्षमा प्रवेश सहित सुरु भएको मेलामा घरायसी भान्साका सरसमान देखि पुजापाठ र पर्व तिहार लत्ताकपडा पनि एकै छातामुनि उपलब्ध हुने गर्नाले ग्राहकको भिड लाग्ने गर्दछ ।
कार्यक्रमका प्रमुख अतिथि महन्त श्री राम गिरीले शुभकामना दिदै बजारको सफलताको कामना गरेका थिए भने विशिष्ठ अतिथि मेयर साह र पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन साहले गुणस्तरीयता, सहजता, शुलभता र सहुलियतमा ध्यान दिन व्यवसायीहरुलाई आग्रह गरेका थिए ।
सेवाग्राही सन्तुष्ट भए मात्र बजार लोकप्रिय हुदै निरन्तरता पाउने उनीहरुको तर्क थियो । सो अवसरमा जउबासंघका पुर्व अध्यक्षहरु बजरंग प्रसाद साह, ई. प्रकाश चन्द्र साह, निर्मल चौधरी, रमेश साह, श्याम प्रसाद साह सहितकाले शुभकामना मन्तब्य व्यक्त गरेका थिए ।
यस वर्ष विस्तारित र सुरक्षित बजार
जउबासंघका अध्यक्ष भण्डारीले यस वर्ष बजारमा १ सय १५ स्टल राखिएको बताए । यस अघिका वर्षहरुमा ७० देखि ८० स्टल हुने गरेकोमा वृद्वि गरेर सो संख्यामा पुरयाइएको र समानहरुको गुणस्तरीयतामा हुनै कम्प्रमाईज नहुने बताए । साथै उनले यस वर्ष बजारमा रहेको हरेक स्टलहरुको दश/दश लाखको बिमा गरिएको समेत जानकारी गराएका छन् ।
करिव ११ करोडको हरेक स्टलको बिमा गरेर बजार लगाएका छौं, उनले भने, ‘गुणस्तर के कति छ, त्यसको लेखाजोखाका लागि हरेक पक्षलाई अनुगमन गर्न हाम्रो आग्रह छ ।’ सो अवसरमा आइजीआई बिमा कम्पनीका देव साहले अध्यक्ष भण्डारीलाई सम्झौता पत्र हस्तान्तरण गरेका थिए ।









तपाईको प्रतिक्रिया