TodayNP
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य
No Result
View All Result
todaynp-newsportal-logo
No Result
View All Result

टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी बनाउने सरकारको तयारी, इन्टरनेट सेवा प्रदायकसँग छलफल


टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी बनाउने सरकारको तयारी, इन्टरनेट सेवा प्रदायकसँग छलफल
ADVERTISEMENT

काठमाडौं : दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि सरकारले नेपाल टेलिकमको नेतृत्वमा पूर्वाधार कम्पनी बनाउने तयारी गरेको छ ।


टेलिकमको बढी सेयर हुने गरी सबै सेवा प्रदायकलाई सेयर संरचनामा समेट्ने गरी पूर्वाधार कम्पनी खडा गर्न छलफल सुरु गरेको टेलिकमका प्रबन्ध निर्देशक डिल्ली अधिकारीले जानकारी दिएका छन् ।
पूर्वाधार कम्पनी बनाउने विषयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले इन्टरनेट सेवा प्रदायकलाई बोलाएर छलफल गरिसकेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको दूरसञ्चार पूर्वाधार नियमावली २०७४ मा निजी क्षेत्र

दुई वटा पूर्वाधार कम्पनीलाई प्रतिस्पर्धाका माध्यमबाट अनुमति दिने व्यवस्था छ । नियमावलीमा सरकारको ७५ प्रतिशतभन्दा बढी लगानी भएको संस्थाले जुनसुकै बेला निवेदन दिएर पूर्वाधार कम्पनी सञ्चालनका लागि अनुमतिपत्र लिन सक्ने व्यवस्था छ । दूरसञ्चार पूर्वाधारको सहप्रयोगका लागि पूर्वाधार कम्पनीलाई अनुमति-पत्र दिने व्यवस्था भए पनि हालसम्म कार्यान्वयन भएको छैन ।

केही महिनायता सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सक्रियतामा पूर्वाधार सहप्रयोगका लागि पूर्वाधार कम्पनी बनाउने विषयमा छलफल अघि बढेको हो । नेपाल टेलिकमसहित नेपाल विद्युत् प्राधिकरण, इन्टरनेट सेवा प्रदायक र अन्य दूरसञ्चार सेवा प्रदायकलाई समावेश गरी पूर्वाधार कम्पनी खोल्ने विषयमा छलफल अघि बढेको टेलिकमका प्रबन्ध निर्देशक अधिकारीले बताए ।

नेपाल टेलिकमको १७ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले टेलिकमकलाई पूर्वाधार कम्पनी स्थापनाको प्रक्रिया अघि सार्न निर्देशन दिएका थिए । निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायक भने सरकारी स्वामित्वको कम्पनीको नेतृत्वमा पूर्वाधार कम्पनी बनाएर प्रभावकारी नहुने बताउँछन् ।

केही साताअघि मन्त्रालयमा आयोजित छलफल कार्यक्रममा पनि उनीहरूले धारणा राखेका थिए । सरकारी स्वामित्वको कम्पनीमा पूर्वाधार कम्पनी सुरु गरिए सरकारी प्रक्रिया अपनाउनुपर्ने र निजी क्षेत्रका लागि यो झन्झटिलो हुने इन्टरनेट सेवा प्रदायक संघ (आइस्पान) का अध्यक्ष सुधीर पराजुलीको भनाइ छ । उनले भने,‘सरकारी कम्पनीको नेतृत्वमा कम्पनी खोलिए सबै सार्वजनिक खरिद ऐनअनुसार खरिद प्रक्रिया अघि बढाउनुपर्छ निजी क्षेत्रका लागि यो प्रक्रिया झन्झटिलो हुन्छ ।’ टेलिकमको पूर्वाधार इन्टरनेट सेवा प्रदायकका लागि प्रभावकारी नहुने उनले बताए ।

एकै स्थानमा सेवा विस्तार गर्दा पनि फर-फरक सेवा प्रदायकले फरक-फरक पूर्वाधार बनाउँदा लगानी दोहोरिरहेको छ । पूर्वाधार कम्पनीले सबै खाले दूरसञ्चार पूर्वाधार निर्माण गर्ने र सेवा प्रदायकले सोही पूर्वाधार प्रयोग गरी सेवा विस्तार गर्ने उद्देश्यले पूर्वाधार कम्पनीको अवधारणा ल्याइएको हो ।

प्रकाशित :माघ २५, २०७७

 

तपाईको प्रतिक्रिया

Related Posts

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो
प्रदेश २

संघर्ष र उपलब्धिको यात्रामा ओरेकः जनकपुरधाममा ३३ औँ ओरेक दिवस मनाइयो

April 2, 2026
निर्वाचनको मुखमै रास्वपाप्रति जनकपुरधाममा युवाहरुको क्रेज, सयौँ युवा गरे प्रवेश
राजनीति

‘मधेसको अधिकार जनमतले मात्रै जोगाउँछ’– गोपालप्रसाद साह

March 2, 2026
प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो
प्रदेश २

प्रचार प्रसारको अन्तिम दिन जुलीको जनकपुरधाम बजारमा घरदैलो

March 2, 2026
‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी
प्रदेश २

‘परिवर्तन अब रोकिने छैन’ : मनिष झाको दाबी

March 2, 2026
जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप
राजनीति

जनतालाई नयाँ भनेर भ्रमित पार्ने प्रयास भइरहेको जुलीको आरोप

March 1, 2026
मधेससंग अन्याय गर्ने दललाई चिन्न उम्मेदवार गोपाल प्रसाद साहको आग्रह
प्रदेश २

‘नौलो गणतन्त्र’को एजेन्डासहित गोपाल साह चुनावी प्रचारमा

March 1, 2026
Next Post
आज सुनको मूल्य स्थिर, चाँदीको घट्यो

आज सुनको भाउ तोलामा ६ सयले बढ्यो, कति पुग्यो ?

हाम्रो बारेमा

जोसन मिडिया हाउस प्रा.लि. द्वारा संचालित
टुडे एनपी डटकम अनलाइन पोर्टल
केन्द्रीय कार्यालय: जनकपुरधाम उपमहानगरपालिका -८, मधेश प्रदेश
सम्पर्क कार्यालय: नयाँ बानेश्वर काठमाडौं
सम्पर्क मो.नं. : 9851226685, 9823450663
वेबसाइट : www.todaynp.com

सूचना विभाग दर्ता नं.  २४५४/०७७-०७८ 

हाम्रो टीम

संचालक :  लक्ष्मी चौधरी

सम्पर्क नं. : 9851226685

इमेल : [email protected]

सम्पादक : पार्वती साउद

  • #17418 (no title)
  • About Us
  • Home
  • Privacy Policy
  • प्रतिनिधिसभा नियमावली मस्यौदा पारित

© 2021 TodayNP || All Right Reserved  || Powered By: Pro-Tech

  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • समाज
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • विचार
  • अर्थ
  • खेलकुद
  • मनोरन्जन
  • अपराध
  • विविध
    • धर्म/संसकृति
    • स्वास्थ्य/शिक्षा
    • विज्ञान/कृषि
    • राशिफल/साहित्य